आयल निगमले जग्गा खरिदमा भ्रष्ट्राचार गरेको लेखा समितिको ठहर

खरीबोट

नेपाल आयल निगम, फाइल तस्विर

काठमाडौँ, संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको ठहर गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीको सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

समितिले सिधै जग्गाधनीबाट खरिद गर्नुपर्नेमा दलालबाट किन्नु र सरकारी र चलनचल्तीकाे भन्दा बढीमा जग्गा किनेकाे निश्कर्ष निकाल्दै कारवाही गर्न अायोगलाई निर्देशन दिएको छ ।

सभापति डोरप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकले निगमले जग्गा खरिद गर्दा जग्गा प्राप्ती ऐन २०३४ लाई मिचेको, लेखा समितिले सार्वजनिक जग्गा खरिद गर्न भन्दाभन्दै निजी जग्गा किनेको र चलन चल्तीभन्दा कयौं गुणा महँगो जग्गा किनेको ठहर गरेको हो ।


 

सम्बन्धित समाचार

आयल निगमद्वारा अनियमितता गरेको अस्वीकार, खड्काले भने — आउनुस्, सबै डकुमेन्ट देखाउँछौँ 

काठमाडौँ, नेपाल आयल निगमले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणस्थलका लागि अघि बढाएको जग्गा खरिद प्रक्रियामा कुनै पनि अनियमितता नभएको बताएको छ । निगममै पत्रकारसम्मेलन आयोजना

निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पत्रकारलाई दिए धम्की, महासंघको आपत्ति   

काठमाडौँ, आयल निगमले जग्गा किन्दा अनियमिता गरेको सम्बन्धी समाचार लेख्ने नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले धम्की दिएका छन् ।  समाचार संकलनको क्रममा आपूर्ति मन्त्रालय

निगमको जग्गा खरिद र रौतहट घटनाबारे छानविन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

 काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनसरोकारका दुईवटा संवेदनशील विषयमा सम्बन्धित निकायलाई छानबिन गरी तथ्य सत्यसहितको यथार्थ प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।  नेपाल आयल निगमले गरेको जग्गा खरिद सम्बन्धमा