• २०८१ बैशाख १२ बुधबार

सेक्स स्क्यान्डलले हल्लियो हलिवुड 

kharibot

काठमाडौँ । हलिवुड़का चर्चित निर्माता हार्वे वेइनस्टेनको यौन शोषणको एक पछि अर्को खुलासा हुदै गएपछि हलिवुड यतिबेला हल्लिएको छ ।

सुक्रबार अमेरिकी अभिनेत्री रोज म्यक्गोवानले हार्वेमाथि बलात्कारको आरप लगाएकी छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक पछि अर्को खुलासा गर्दै रोजले हार्वेमाथि बलात्कारको आरोप लगाएकी छन् ।

रोजले पहिला हार्वेमाथि आरोप लगाउदा अमेजन स्टुडियोका प्रमुख रोय प्राइसले आफ्नो कुरालाई महत्व नदिएको उल्लेख गरेकी छन् । प्राइसलाई अमेजनले छुट्टीमा पठाएको र उनीमाथि पनि यौन शोषणको आरोप लागेको उनले उल्लेख गरेकी छन् ।

हार्वेले भने रोजको सो आरोपको हन्दन गरेका छन् भने प्राइसले भने यसबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् । अमेरिका र ब्रिटेनमा यस बारे छानबिन सुरु भैसकेको बताइएको छ । हार्वेमाथि पछिल्लो केहि हप्ता देखि यौन शोषणको आरोप लाग्दै आएको छ । हलिवुडका चर्चित अभिनेत्रीहरुले उनीमाथि यौन शोषणको आरोप लगाएका छन् । उनीहरुले हलिवुडमा सुरुका दिनहरुमा आफुहरुको यौन शोषण भएको बताएका छन् । ति आरोप लगाउने अभिनेत्रीमा एन्जेलिना जोली, ग्यनेथ पल्थ्रो जस्ता वरिष्ठ अभिनेत्रीहरु रहेका छन् । 

यसैबीच हार्वे वेइनस्टेनले बलिवुडकी अभिनेत्री ऐश्वर्या राय बच्चनलाई पनि एकान्तमा भेट्ने कोसिस गरेको पनि खुलासा भएको छ । तर उनको सो प्रयासलाई ऐश्वर्याका म्यानेजरले असफल बनाइदिएका थिए ।

हार्वेलाई आरोप लगाउने अभिनेत्रीहरुमा ४९ बर्षिय अभिनेत्री एस्ली जुडले न्युयोर्क टाइम्ससँग कुरा गर्दै फिल्मको बारेमा छलफल गर्न हार्वेले आफुलाई होटलको कोठामा बोलाएर यौन शोषण गरेको बताएकी छन् ।

त्यस्तै अर्की अभिनेत्री एशिया अर्जेटोले उनि २१ बर्षकी हुदा हार्वेले होटलमा बोलाएको बताएकी छन् । उनले आफलाई पार्टीमा बोलाएको लागेकोले आफु होटलमा गएको तर त्यँहा जाँदा हार्वे मात्र थिए भन्दै हार्वेले आफूसँग जबर्जस्ती ओरल सेक्स गरेको र पछि सहमतिले उनीसँग सेक्स पनि गरेको खुलासा गरेकी छन् । उनले भनेकी छन् यो सब अचानक भएको थियो । उनले भनिन्-बलात्कार पछि उनले जितेका थिए ।’

अभिनेत्री बन्ने चाहना राख्ने लुसिया इंवासले पनि सन् २००४ मा न्युयोर्कको एक क्लबमा हार्वेसँग आफ्नो भेट भएको भन्दै हार्वेले आफुलाई उनको अफिसमा बोलाएर यौन शोषण गरेको खुलासा गरेकी छन् ।

त्यस्तै चर्चित अभिनेत्री गाइनिथ पाल्टोले न्युयोर्क टाइम्ससँग कुरा गर्दै सन् १९९५ मा जब आफु २२ बर्षकी हुँदा हार्वेले होटलमा बोलाएको र मसाज गर्न भनेको खुलासा गरेकी छन् ।तर आफुले सो कुरा अस्विकार गरेको बताएकी छन् ।पाल्टोले सो कुरा आफुले त्यति बेलाका आफ्ना ब्वायफ्रेन्ड ब्राड पिटलाई भनेको बताउदै यसबारेमा पिटले हार्वेसँग कुरागरेको बताइएकी छन् । पछि हार्वेले सो कुरा कसैलाई नबताउन भनेको पनि पाल्टोले बताएकी छन् ।

चर्चित अभिनेत्री एन्जेलिना जोलीले सन् १९९० को दशकमा एक पटक हार्वेसँग होटलको कोठामा हुदा आफुले नराम्रो अनुभव गरेको उल्लेख गर्दै आफुले त्यसपछि उनीसँग कहिल्लै काम नगर्ने कसम खाएको बताएकी छन् । जोलीले अन्य अभिनेत्रीहरुलाई पनि आफुले यसबारेमा चेतावनी दिएको न्युयोर्क टाइम्सलाई बताएकी छन् ।

को हुन् हार्वे ?

हार्वे वेइनस्टेन हलिवुडका एक चर्चित निर्माता हुन् । ६५ बर्षिय हार्वे पल्प फिक्सन र क्लकर्स जस्ता चर्चित फिल्म बनाउने कम्पनि मिराम्याक्सका सह सस्थापक हुन् ।उनलाई शेक्सपियर इन् लव फिल्मका लागि ओस्कार अवार्ड पनि पाएका छन् । ब्रिटेनमा फिल्मको योगदानको कदर गर्दै सन् २००४ मा ब्रिटेनको राजपरिवारबाट उनलाई सीबीआई नामको सम्मान पनि दिइएको छ । हार्वेले अहिलेसम्म दुई विवाह गरेका छन् । हाल ४१ बर्षिय ब्रिटेनकी अभिनेत्री जर्जिना च्यापम्यान उनकी श्रीमती रहेकी छन् ।

यौन शोषणको आरोप पछि हार्वेलाई उनकै कम्पनी मिराम्याक्सबाट निस्कासन गरिएको छ भने अमेरिका र ब्रिटेनको प्रहरीले पनि एक पछि अर्को खुलासाको छानबिन गरिरहेको बताइएको छ । 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै