• २०८१ बैशाख ४ मंगलबार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारको यस्तो छ खर्च सीमा

kharibot

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ । 

आयोगको आजको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा रु १५ लाख खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिए । 

पहिलो हुने निर्वाचित हुने निर्वाचनतर्फ मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनका लागि शीर्षकगत खर्च निर्धारण गरिएको प्रवक्ता ढकालले जानकारी दिए । 

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार रु दुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

आयोगका अनुसार, प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार रु एक लाख ५० हजारसम्म खर्च गर्न सक्नेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै