• २०८१ बैशाख ७ शुक्रबार

शिक्षामन्त्री श्रेष्ठलाई कार्यकक्षमा थुनेर विद्यार्थीहरुद्वारा नाराबाजी 

kharibot

काठमाडौँ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिहरुलाई भेट्न नमाने पछि विद्यार्थीहरुले शिक्षामन्त्रीलाई कार्यकक्षमा थुनेर नाराबाजी गरेका छन् ।

विद्यार्थीहरुले करिब २० मिनेट जति कार्यकक्षमा थुनेर नाराबाजी गरेका हुन् । मन्त्रालयमा आफ्नै कार्यकक्षमा रहेका शिक्षा मन्त्रीले विद्यार्थी नेताहरुलाई भेट्ने समय उपलब्ध नगराएपछि विद्यार्थीहरु आक्रोशित बनेका हुन् ।

विद्यार्थी संगठनहरुले नवौं शिक्षा ऐन तत्काल खारेज गर्नुपर्ने, सिटिभिटीलाई दिएको सम्बन्धन खारेज गर्नुपर्ने लगायतका माग राखी विद्यार्थीहरुले आन्दोलन गर्दै आइरहेका छन् । 

विहिबार मात्र मन्त्रीका सम्पुर्ण कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको कांग्रेस निकट नेविसंघ बाहेकका विभिन्न संगठनलेहरुले मन्त्रीलाई जानकारी गराउन पुगेका थिए । तर, कार्यकक्षमै रहेका मन्त्रीले विद्यार्थी नेताहरूलाई समय नदिएपछि त्यही नारावाजी गर्दै कोणसभा गरेका थिए ।

संयुक्त विद्यार्थी संगठनका नेताहरुले नवौं शिक्षा ऐन समग्र विद्यार्थीहरुको प्रतिकुल रहेको भन्दै हिजो राष्ट्रपति विद्या भण्डारीलाई सो ऐन प्रमाणीकरण नगर्न आग्रहसमेत गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै