• २०८१ बैशाख ८ शनिबार

बार्सिलोनामा तनाव बढेपछि मेसी म्यान्चेस्टर सिटी जाने सोचमा !

kharibot

काठमाडौँ ।  अर्जेन्टिनी स्टार लियोनेल मेसीले बार्सिलोना छोड्ने खबर फेरी तातिएको छ । बेलायतको द सनले आउदो सिजनमा मेसी इङलिश क्लब म्यान्चेस्टर सिटी आउने ठोकुवा गरेको छ । 

द सनले मेसीले पछिल्लो १८ महिना देखि आफ्नो सम्झौता नवीकरण नगरेको उल्लेख गर्दै बार्सिलोनामा विकसित पछिल्लो वातावारणबाट मेसी खुशी नभएको उल्लेख गरेको छ ।
मेसीले क्लब छोड्ने हल्ला पहिल्लै देखि चले पनि आफ्ना सहकर्मी नेइमारले बार्सिलोना छोडेपछि मेसीले पनि बार्सिलोना छोड्ने मन बनाएको उल्लेख गरेको छ । 

सिटीका प्रतिनिधि र मेसीबीच पटक पटक छलफल भएको र सिटीले मेसीलाई ४० मिलियन पाउण्ड साइनिंग एमाउन्ट र प्रतिसत ५ लाख पाउण्ड तलब दिने प्रस्ताव राखेको द सनले उल्लेख गरेको छ ।

नेइमार बार्सिलोनाबाट बाहिरिनु र बार्सिलोनामा नयाँ म्यानेजर इर्नेस्टो भल्भेर्डोलाई नियुक्ति गर्नुमा मेसीले आफ्ना सहकर्मी साथीहरुसँग असहमती जाहेर गरेको बताइएको छ । मेसीले आउदो जुलाईमा विना कुनै ट्रान्सफर शुल्क सिटीमा आउनसक्ने सम्भावना बढेको सनले उल्लेख गरेको छ ।

पछिल्लो पटक स्पेनको कटालोनियामा स्वायत्त राज्यको माग गर्दै बढेको तनावले पनि मेसीलाई बार्सिलोना छोड्ने प्रेरित गरिरहेको बताइएको छ । बार्सिलोना शहरमा बढेको तनावले भोलि अलग्गै राज्य भएमा बार्सिलोना क्लबको भविष्य के हुने भन्ने प्रश्न उठेको भन्दै मेसीले सिटी जाने मन बनाएको उल्लेख गरिएको छ ।

त्यस्तै स्पेनिस मिडियाले पनि मेसी र म्यान्चेस्टर सिटीका प्रतिनिधिबीच पटक पटक छलफल भएको उल्लेख गरेका छन् ।

यता बार्सिलोना क्लबले एजेन्टससमेत रहेका मेसिका पितासँग इमेज अधिकारको सम्झौता गरेर मेसीलाई आफ्नो सम्झौता नवीकरण गर्न दबाब दिएपनि मेसीले सम्झौता नगर्नु रहस्यमय बन्दै गएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै