फास्ट ट्रयाकको मूल्य निर्धारण निर्देशक समितिलाई नै गर्न दिने सरकारको निर्णय

खरीबोट
ad

काठमाडौँ  ।  सरकारले भारतीय कम्पनी आइएलएफएसद्वारा तयार काठमाडौँ–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्यान्वयनका लागि गठित निर्देशक समितिलाई नै प्रतिवेदनको उपयोगिताका आधारमा मूल्य निर्धारण गर्न स्वीकृत दिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए । नेपाली सेनाले रथी पूर्णचन्द्र थापाको संयोजकत्वमा द्रुत मार्ग आयोजना कार्यान्वयन उच्चस्तरीय निर्देशक समिति गठन गरेको हो र यो समितिमा अर्थ, भौतिक पूर्वाधारलगायत मन्त्रालयका प्रतिनिधिहरु रहेका छन् । 

सरकारले बहुचर्चित एवं बहुप्रतिक्षीत राष्ट्रिय गौरवको सो द्रुत मार्ग चार वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण व्यवस्थापनको जिम्मा २०७४ वैशाख २१ गते नेपाली सेनालाई दिएको थियो । 

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म कूल ७६ दशमलव २ किमी लम्बाइ रहेको सो द्रुत मार्ग निर्माणको जिम्मा सेनालाई दिइएको पाँच महिना बितिसक्दा पनि डिपिआरको अभावमा खासै काम अगाडि बढ्न सकेको छैन । 

प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रक्षामन्त्री, मुख्य सचिव तथा प्रधान सेनापतिलगायत अन्य सरोकारवाला निकायलाई उक्त द्रुत मार्गको डिपिआरलाई छिटो टुंगोमा पुर्याई काम अगाडि बढाउन हालै निर्देशनसमेत दिएका थिए । 

डिपिआर अध्ययनका लागि सरकारले पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा अध्ययन टोली बनाएको र सो टोलीले आफ्नो अध्ययनपछि निर्देशक समितिलाई प्रतिवेदन बुझाइसकेको छ । 

हाल सेनाले द्रुत मार्ग निर्माण गर्न मख्खुबेँसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेवमा शिविर खडा गरेको छ । सडकमा पर्ने छैमले, सोखेल, फर्पिङ, भीमसेनस्थान, घुसखेलम, सैँबुलगायतका स्थानमा मुआब्जा वितरण कार्य जारी रहेकोे छ । 

सम्बन्धित समाचार

नेपाली सेनाद्वारा फास्ट ट्रयाकबारे प्रधानमन्त्री ओलीलाई जानकारी 

काठमाडौँ ।  नेपाली सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फास्ट ट्रयाकबारे जानकारी गराएको छ ।  फास्ट ट्रयाक राजमार्गको कार्य प्रगति बारे प्रधानमन्त्री ओलीले बुधबार जंगी खड्डा पुगेर जानकारी लिएको नेपाली सेना जनसम्पर्क

खोकना क्षेत्रमा विवादपछि फास्ट ट्रयाकको ‘जिरो किलो’ फेरिँदै

खोकना, ललितपुर ।  राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुत राजमार्गको खोकनास्थित यसअघि प्रस्तावित प्रस्थानविन्दु फेरिने संकेत देखिएको छ ।  स्थानीयवासीबाट सम्बोधन नै गर्न नसकिने मुआब्जा माग, तीव्र राजनीतीकरण र पुरातात्विक सम्पदाका कारण प्रस्थानविन्दुबारे लामो विवाद

फास्ट ट्रयाक निर्माणमा खोकना क्षेत्रको विवादमा सर्वपक्षीय छलफल  

काठमाडौँ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ- तराई जोड्ने फास्ट ट्रयाक अन्तर्गत ललितपुरको खोकना क्षेत्रमा देखिएको विव का विषयमा सर्वपक्षीयछलफल भएको छ । रक्षामन्त्री इश्वर पोख्रेलको उपस्थितिमा भएको सो छलफलमा मुआब्जाको

फास्ट ट्रयाकको प्रगति बारे नेपाली सेनाले दियो जानकारी, पुरातात्विक संरचनाहरुलाई बचाइने  

काठमाडौँ । काठमाडौँबाट तराई जोड्ने फास्ट ट्रयाक बारे नेपाली सेनाले अहिले भैरहेको कार्य प्रगतिको जानकारी दिएको छ ।  नेपाली सेनाका अनुसार अहिले फास्ट ट्रयाक निर्माण तथा आयोजना स्थलको सुरक्षार्थ पहिलो चरणमा