राप्रपाले सुनसरीमा समानुपातिकतर्फ मात्र उम्मेदवारी दिने

खरीबोट

इररुवा । राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीले अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ मात्र उम्मेदवार उठाउने भएका छन् । 

केन्द्रमा लोकतान्त्रिक गठबन्धनको कुरा चलिरहेका कारण सुनसरीमा समानुपातिकतर्फको मात्र उम्मेदवारको नाम सिफारिस गरिएको छ । 

राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ जिल्ला अध्यक्ष डम्बरबहादुर घिमिरे र क्षेत्र नं ३ बाट चन्दनकुमार चौधरीको नाम केन्द्रमा सिफारिस गरेको छ । 

त्यसैगरी प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ क्षेत्र नं २ (क) मा सावित्री विश्वकर्मा, २ (ख) मा महेशकुमार यादव, क्षेत्र नं– ४ (क) मा भरतराज भट्टराई, र ४(ख) मा मोजम्मिल अहमदको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । 

सम्बन्धित समाचार

राप्रपा राष्ट्रवादीको वेबसाइट सञ्चालनमा

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी ले पार्टीका गतिविधिबारे जनसाधारणलाई जानकारी दिन वेबसाइट शुरु गरेको छ ।  पार्टीले आजदेखि सञ्चालनमा ल्याएको www.unitedrppr.org नामक वेबसाइटमा देशभर सञ्चालन गरिएका गतिविधिलाई समाचारका रुपमा

राप्रपा प्रवास विभागद्वारा स्पेनका लागि नवनियुक्त राजदुत रायमाझीलाई स्वागत तथा बधाई 

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवास विभागले स्पेनका लागि नवनियुक्त राजदुत रथी (अप्रा) भरतबहादुर रायमाझीलाई एक कार्यक्रमका बीच वधाई तथा शुभकामना व्यक्त गरेको छ ।  समारोहमा नवनियुक्त राजदुतलाई स्वागत गर्दै पार्टी

 राप्रपा सल्यानको जिल्ला समिती नै एमालेमा विलय

सल्यान । कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा एमाले सल्यानमा विलय भएको छ ।  सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई,

राप्रपा राष्ट्रवादीले दियो सातै प्रदेशमा संयोजकको जिम्मेवारी, को को परे ?

काठमाडौँ ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देशभर संंगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ ।  प्रदेश १ मा दीपेन्द्र भण्डारी, प्रदेश २ मा महामन्त्री रामप्रताप