नारायणमानलाई पम्फाको जवाफ : वामगठबन्धन विदेशी इसारामा बनेको होइन

खरीबोट
ad

भक्तपुर । नेकपा माआवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले वामगठबन्धन विदेशीको इसारामा नबनेको बताएकी छिन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार  कार्यक्रममा वामगठबन्धन नेपालका वामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँँदै निर्माण गरेको र विदेशीको इसारामा नबनेको बताएकी हुन् ।

सोही क्लबमा केही दिनअघि मात्रै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वाम गठबन्धन भारतको इसारामै बनेको दाबी गर्दै भारतले नै थाहा नपाएको भन्नुको औचित्य नरहेको आरोप लगाएका थिए ।

उनले निर्वाचनलाई लक्षित गरेर बनेको वाम गठबन्धनमा आबद्ध भएका राजनीति दलहरुले आआफ्नो चुनाव चिह्न लियर चुनावमा जानसक्ने समेत प्रष्ट्याइन् । वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पाटीले निर्वाचन अघि सरकार नछाड्ने उनको भनाइ छ ।

तोकिएकै समयमा निर्वाचन सफल हुने बताउँदै उनले वामगठबन्धनमा निर्वाचन क्षेत्रका बिषयलाई लिएर बाहिर आएको हल्लाजस्तो नभई छलफल जारी रहेको बताइन् । उनले निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्थाका बारे उठेका प्रश्नहरुमा सरकारले पूर्णरुपमा सुरक्षा प्रदान गर्न सफल समेत रहेको बताइन् ।

उनले वामपन्थी र प्रजातान्त्रिक शक्ति दुई पक्षमात्र हुने भन्दै अवको निर्वाचनमा वामगठबन्धनले दुई तिहाइ मत ल्याएर देशलाई आर्थिक समृद्धि र स्थिर सरकार बन्ने बताइन् ।

आफ्नो पाटीले विगतदेखि नै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको विषयमा आवाज उठाउँदै आएको र निर्वाचनपश्चात् दुई तिहाइ मत प्राप्त गरेसँगै त्यसले समेत पूर्णता पाउने बताइन् ।

वर्तमान सरकार नेपालका दुई छिमेकीसँग सफल कूटनीतिक पाटो निर्वाह गरिरहेको समेत उनले दाबी गरिन् । केही दिनअघि राजधानीमा भएको हत्या प्रकरण निन्दनीय भएको बताइन् ।

सम्बन्धित समाचार

सोभियत कम्युनिष्ट पार्टी टुक्रा भएको यथार्थ बुझ्न आग्रह

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भन्ने भनाइ गलत भएको बताएका छन् ।  रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा

अब काँग्रेस, माओवादी र मधेशबादीको सरकार निर्माण हुन्छ : नारायणमान बिजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले काँग्रेस माओवादी र मधेशबादीको साझेदारीमा सरकार निर्माण हुन सक्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले एमाले

सम्पदा पुनःनिर्माण सरकार आफैँले गर्नुपर्छ – बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सम्पदा पुनःनिर्माणको काम सरकार आफैँले गर्नुपर्ने बताएका छन् ।  बीसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा भक्तपुर नगरपालिका, ख्वप इञ्जिनियरिङ कलेज र ख्वप

बाम गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको विचार व्यक्त गरेका छन् ।  नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ