• २०८१ बैशाख ७ शुक्रबार

हङकङद्वारा नेपाल ८३ रनले पराजित  

kharibot

काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत हङकङद्वारा नेपालले ८३ रनले पराजित भएको छ ।  

हङकङको मिसन रोड क्रिकेट ग्राउण्ड मोङकाङमा घरेलु टोली हङकङले दिएको १९४ रन पछ्याउने क्रममा पुरै नेपाली टिम १११ रनमा अलआउट भएपछि हङकङ ८३ रनले विजयी भएको हो ।

नेपाललाई सस्तैमा आउट गर्ने क्रममा हङकङ बलर एसास खानले ५ विकेट लिएका थिए । त्यस्तै एजाज खानले ३, तनवीर अफजल र क्रिस्टिनले एक एक विकेट लिएका थिए । नेपालका ब्याट्सम्यान कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए भने अरिफ शेखले २३, ज्ञान्नेद्र मल्लले २१ र बिनोद भण्डारीले १८ रन बनाएका थिए । नेपाले ओपनर सागर पुन र दिपेन्द्र ऐरीलाई सस्तैमा गुमाउनु पर्दा खेल हारेको थियो । 

यस अघि नेपालले टस जितेर पहिला बलिङ रोजेको खेलमा नेपालले हङकङलाई ५० ओभरमा १९४ रनमा अलआउट गरेको थियो । 

नेपालले खेलमा पूर्ण नियन्त्रण गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । हङकङले आफ्नो इनिंगमा २८औ बलमा पहिलो रन लिएको थियो । हङकङका लागि अटकिन्सनले सर्वाधिक ७६ रन बनाएका थिए भने तन्बिर अफजलले ३८, बबर ह्यातले २९ र वकास खानले १४ रन बनाएका थिए । 

नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट लिएका छन् भने बसन्त रेग्मी र करण केसीले दुई दुई विकेट लिएका थिए । त्यस्तै सुशान्त भारीले एक एक विकेट लिएका थिए । नेपालले विश्वकप क्रिकेट २०१९ मा ठाउ बनाउन हङकङलाई दुवै खेलमा पराजित गर्नुपर्ने दबाबका बीच खेलिरहेको छ । खेल अघि नेपाललाई आफ्ना भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरलाई गुमाउदा ठुलो झड्का लागेको छ । 

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स १८ अंक र पपुवा न्यूगिनी १६ अंक ल्याएर विश्वकप क्वालिफायर खेल्न छनौट भैसकेका छन् । अब बाँकी दुई स्थानका लागि स्कटल्याण्ड १५ अंक सहित तेस्रो केन्या १२ अंक सहित चौथो, हङकङ ११ अंक सहित पाचौ र नेपाल अंक ८ सहित छैठौ स्थानमा रहेर प्रतिष्पर्धा गरिरहेका छन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै