हङकङद्वारा नेपाल ८३ रनले पराजित  

खरीबोट

काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत हङकङद्वारा नेपालले ८३ रनले पराजित भएको छ ।  

हङकङको मिसन रोड क्रिकेट ग्राउण्ड मोङकाङमा घरेलु टोली हङकङले दिएको १९४ रन पछ्याउने क्रममा पुरै नेपाली टिम १११ रनमा अलआउट भएपछि हङकङ ८३ रनले विजयी भएको हो ।

नेपाललाई सस्तैमा आउट गर्ने क्रममा हङकङ बलर एसास खानले ५ विकेट लिएका थिए । त्यस्तै एजाज खानले ३, तनवीर अफजल र क्रिस्टिनले एक एक विकेट लिएका थिए । नेपालका ब्याट्सम्यान कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए भने अरिफ शेखले २३, ज्ञान्नेद्र मल्लले २१ र बिनोद भण्डारीले १८ रन बनाएका थिए । नेपाले ओपनर सागर पुन र दिपेन्द्र ऐरीलाई सस्तैमा गुमाउनु पर्दा खेल हारेको थियो । 

यस अघि नेपालले टस जितेर पहिला बलिङ रोजेको खेलमा नेपालले हङकङलाई ५० ओभरमा १९४ रनमा अलआउट गरेको थियो । 

नेपालले खेलमा पूर्ण नियन्त्रण गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । हङकङले आफ्नो इनिंगमा २८औ बलमा पहिलो रन लिएको थियो । हङकङका लागि अटकिन्सनले सर्वाधिक ७६ रन बनाएका थिए भने तन्बिर अफजलले ३८, बबर ह्यातले २९ र वकास खानले १४ रन बनाएका थिए । 

नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट लिएका छन् भने बसन्त रेग्मी र करण केसीले दुई दुई विकेट लिएका थिए । त्यस्तै सुशान्त भारीले एक एक विकेट लिएका थिए । नेपालले विश्वकप क्रिकेट २०१९ मा ठाउ बनाउन हङकङलाई दुवै खेलमा पराजित गर्नुपर्ने दबाबका बीच खेलिरहेको छ । खेल अघि नेपाललाई आफ्ना भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरलाई गुमाउदा ठुलो झड्का लागेको छ । 

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स १८ अंक र पपुवा न्यूगिनी १६ अंक ल्याएर विश्वकप क्वालिफायर खेल्न छनौट भैसकेका छन् । अब बाँकी दुई स्थानका लागि स्कटल्याण्ड १५ अंक सहित तेस्रो केन्या १२ अंक सहित चौथो, हङकङ ११ अंक सहित पाचौ र नेपाल अंक ८ सहित छैठौ स्थानमा रहेर प्रतिष्पर्धा गरिरहेका छन् । 


 

सम्बन्धित समाचार

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द, नेपाल 'डिभिजन टु' मा घटुवा

काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल बर्षका कारण रद्ध भएको छ ।  नेपाल र हङकङ्गको दोश्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको छ ।

नेपाल र हङकङबीचको खेल वर्षाका करण समयमा सुरु नहुने  

काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल समयमा सुरु नहुने भएको छ ।  हङकङ क्रिकेट एसोसिएशनले आइतबार आएको समुन्द्री आधीका कारण अहिले सम्म पनि वर्षा भैरहेकाले

नेपाल र हङकङबिचको खेल भोलिका लागि सर्यो, यस्तो छ कारण

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोश्रो खेल सोमबारका लागि सरेको छ । आज हुने भनिएको खेल सामुन्द्रि आधीका कारण सुरक्षाको कारणले भोलिका लागि सारिएको हङकङ्ग

विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङद्वारा नेपाललाई १९५ रनको लक्ष्य

काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत नेपालले १९५ रनको लक्ष्य पाएको छ ।  हङकङको मिसन रोड क्रिकेट ग्राउण्ड मोङकाङमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको खेलमा