• २०८१ बैशाख ७ शुक्रबार

साताको सेयरबजार : नेप्से १५ सय १० अङ्कमा सीमित

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २० हजार आठ वटा कारोबारबाट एक अर्ब ७६ करोड ५९ लाख ८५ हजार रुपैयाँ बराबरका ३९ लाख ४३ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलव शून्य एक अंकले बढेर अन्तिम दिन १५ सय १० दशमलव दुुई अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलव ६७ अंकले बढेर तीन सय १७ दशमलव ६३ अंकमा आईपुगेको छ ।
यो साता कारोबार रकम १३ करोड ५६ लाख ३० हजार रुपैयाँको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । 

साताका प्रमुुख सेयर सूचकांकहरु

कारोबार भएको सेयर संख्या एक लाख ६२ हजार कित्ताको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या ११ सय २२ वटाको आधारमा चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

कारोबार रकमका आधारमा साताका उत्कृष्ट पाँच कम्पनीहरु
क्र. सं. कम्पनीको नाम  कारोबार रकम (रु. १० लाखमा)
१   चिलिमे हाइड्रोपावर कम्पनी लि. १३५.६३
स्ट्यान्डर्ड चार्टर्ड बैंक लि.  ६५.०३
नेपाल दूरसञ्चार कम्पनी लि. ५५.६५
नेपाल बैंक लि. ५५.१४
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ५२.७२
     
सातामा सूचीकरण भएका सेयर
क्र. सं. कम्पनीको नाम  सूचीकृत धितोपत्रको किसिम सूचीकृत धितोपत्र संख्या
१  लुम्बिनी जनरल इन्स्योरेन्स कं. लि.  हकप्रद  ३९००००० कित्ता
एनबी इन्स्योरेन्स कं. लि. हकप्रद २७००००० कित्ता
३  पूर्णिमा विकास बैंक लि.   हकप्रद ६६९११.८२ कित्ता

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै