• २०८१ बैशाख ७ शुक्रबार

हलिवुड निर्माता हार्वेले ऐश्वर्या रायलाई पनि एक्लै भेट्न खोजेको खुलासा 

kharibot

मुम्बई । पछिल्लो समय खराब आचरणका कारण समाचारको हेडलाइन बनेका हलिवुड फिल्म निर्माता हार्वे वेइनस्टेनले बलिवुडकी अभिनेत्री ऐश्वर्या राय बच्चनलाई पनि एकान्तमा भेट्ने कोसिस गरेको खुलासा भएको छ । 

हलिवुडको एक वेभ साइटले यस कुराको खुलासा गर्दै ऐश्वर्या रायका तत्कालिन म्यानेजर साइमन शेफिल्डले ऐश्वर्यालाई बचाएको खुलासा गरेको छ । 

हलिवुडका अभिनेत्रीहरु एन्जेलिना जोली, ग्यनेथ पल्थ्रो जस्ता अभिनेत्रीहरुलाई यौन दुराचार गरेको आरोप लागेका निर्माता हार्वेले ऐश्वर्यालाई एकान्तमा भेट्ने प्रायस उनका म्यानेजर साइम ले असफल बनाइदिएका थिए । साइमनले हलिवुडको एक वेभसाइटसँग कुरा गर्दै हार्वेसँगको भेटमा आफुलाई बाहिर जान धेरै पटक अनुरोध गरे पनि आफु नगएको बताएका छन् । 

हार्वेले साइमनसँग ऐश्वर्यासँग एक्लै भेट्न के गर्नु पर्छ भनि सोधेको बताउदै साइमनले आफुले उनको सो योजना असफल बनाइदिएको उल्लेख गरेका छन् ।   

हार्वेलाई गतसाता यौन दुव्र्यवहारको आरोपमा आफ्नै कम्पनीले पदमुक्त गरेको थियो । निर्देशकहरुको बोर्डले हार्वेलाई हटाएको हो । हलिउड स्टुडियोले एकेडेमी अवार्डसमेत हात पारिसकेका फिल्मनिर्माता तथा कम्पनीका संस्थापक सदस्य समेत रहेका हार्वेविरुद्ध लागेको आरोपको छानबिन गरेको थियो ।

कम्पनीको बोर्डले विज्ञप्ति जारी गर्दै केही दिनअघि भएको भनिएको घटनाबारे नयाँ तथ्य पाएको भन्दै उनलाई हटाएको जनाएको थिय । हार्वे स्टुडियोका कोचेयरमेन (सहप्रमुख) समेत रहेका थिए । सहकर्मी महिलाले नै उनीविरुद्ध आरोप लगाएपछि केही दिनका लागि उनी छुट्टी बसेका थिए । न्युयोर्क टाइमले यसबारे समाचार लेखेको थियो ।

समाचार सार्वजनिक भएपछि हार्वेले सार्वजनिक रुपमा माफी मागेका थिए । द गल्र्स स्टारद्वय आस्ले जुड र रोज म्याकगोवानलगायतका थुप्रै महिला कलाकारहरुले फिल्म निर्मातामाथि आरोप लगाएपछि हार्वेका कानुनी सल्लाहकार लिसा ब्लुमले पनि गत शनिबार नै राजीनामा दिएकी छिन् ।

वेइनस्टेन हलिउडका शक्तिशाली फिल्म निर्माता हुन् । उनी र उनका भाइ बबले सन् १९७९ मा मिरम्याक्स कम्पनी खोलेका थिए । पछि १९९३ मा यो डिस्नेलाई बेचिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै