• २०८१ बैशाख ७ शुक्रबार

सभामुखले बोलाइन शिर्ष नेताको बैठक, चिकित्सा शिक्षा विधेयकमा छलफल हुने 

kharibot

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छन् ।

दिउँसो साढे २ बजे संसद भवन नयाँबानेश्वरमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक आह्वान गरेकी छन् ।

हाल अनसरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले संशोधन ल्याए पनि एमाले र माओवादीले समितिबाट सर्वसम्मत रुपमा आएको विधेयकमा मन्त्रीले संशोधन गर्न नमिल्ने बताउदै विरोध गरेका छन् ।

विधेयक रोकिने देखेपछि डा. केसीले विशेष अधिकार प्रयोग गरेर भए पनि चिकित्सा शिक्षा विधेयक अघि बढाउन विहिबार सभामुखको ध्यानाकर्षण गराएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै