सभामुखले बोलाइन शिर्ष नेताको बैठक, चिकित्सा शिक्षा विधेयकमा छलफल हुने 

खरीबोट

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छन् ।

दिउँसो साढे २ बजे संसद भवन नयाँबानेश्वरमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक आह्वान गरेकी छन् ।

हाल अनसरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले संशोधन ल्याए पनि एमाले र माओवादीले समितिबाट सर्वसम्मत रुपमा आएको विधेयकमा मन्त्रीले संशोधन गर्न नमिल्ने बताउदै विरोध गरेका छन् ।

विधेयक रोकिने देखेपछि डा. केसीले विशेष अधिकार प्रयोग गरेर भए पनि चिकित्सा शिक्षा विधेयक अघि बढाउन विहिबार सभामुखको ध्यानाकर्षण गराएका थिए ।
 

सम्बन्धित समाचार

संसद्को अवधि समाप्त, संक्रमणकाल टुङ्गिने चरणमा

काठमाडौँ । संघीय लोकतान्त्रिक नेपालको संविधान जारीपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल सकिएसँगै संक्रमणकालीन व्यवस्था पनि टुङ्गिने चरणमा पुगेको छ ।  आगामी मंसिर १० र २१ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि

ओलीले प्रधानमन्त्री देउवालाई सोधे- नयाँ मन्त्री कुस्ती खेल्न चाहियो ?

काठमाडौँ । नेकपा एमालेका नेता अध्यक्ष केपी शर्मा ओलीले सरकार विस्तारको कडा विरोध गरेका छन् । संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ मन्त्री किन र के काम गर्न चाहियो भन्दै

कम्युनिष्ट एक हुँदा कांग्रेस झस्किनु पर्ने कारण छैन – प्रचण्ड 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी एक हुदा कांग्रेस झस्किनु पर्ने कुनै कारण नभएको बताएका छन् ।  संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै अध्यक्षले संबिधान भित्रै रहेर

अन्तिम दिन सांसदहरुको फोटो सेसन (फोटो फिचर)

काठमाडौँ । व्यवस्थापिका संसदको अन्तिम दिन शनिबार संसद भवन नयाँ बानेश्वरमा सभामुख र प्रधानमन्त्रीसँग सांसदहरुले तस्विर खिचाएका छन् ।  संविधानको भाग–३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ मा रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०७४ माघ