• २०८१ बैशाख ८ शनिबार

सीमा नाकाबाट अवैधरुपमा पटका भित्रिँदै

kharibot

फाइल तस्बिर

वीरगञ्ज ।  हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ । 

नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्रियाउने गरेका छन् । 

तस्करले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रौनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको पाइएको छ । 

क्यारियरवालाले भारतको रक्सौललगायतका भारतीय बजारबाट ती पटका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पुर्याएरबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पु¥याएबापत अधिकतम २०० प्रतिशतसम्म लिने गरेको वीरगञ्जको मीनाबजारमा भेटिएका एक यस्ता व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा राससलाई बताएका छन् । 

ती क्यारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् । 

अतिप्रज्वलनशील पदार्थका रुपमा रहेको पटका नेपाल भित्रिने गरेकोबारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीले भेटृाएसम्म पटका भने समात्ने गरेको दाबी गर्दै आएका छन् । खास गरी भारतबाट आउने मालबाहक सवारीसाधन जिप, कार, टाँगाजस्ता गाडीमा पटका लुकाइछिपाइ ल्याउने गरेको देखिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै