राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्बन्धि विधेयकमा दलहरुको विवाद  

खरीबोट

काठमाडौं । व्यवस्थापिका–संसद्मा विचाराधीन राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अब अध्यादेशबाट आउने भएको छ ।

यस विधेयकका बारेमा नेपाली कांग्रेस र वाम गठबन्धन दलबीच मत भिन्नता भएपछि विधेयक संसदबाट पारित नहुने अवस्थामा पुगेको हो । 

सरकारले यसअघि बहुमतीय प्रणालीबाट राष्ट्रिय सभा गठन हुनेगरी विधेयक संसद्मा दर्ता गरेको पनि पछिल्लोपटक एकल संक्रमणका आधारमा हुने प्रावधान राख्न खोजेपछि विवाद उत्पन्न सुरु बह्येको हो ।

प्रमुख तीन दलबीच बिहीबार सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सभासम्बन्धी छलफल भए पनि सहमति जुट्न सकेन । यस सम्बन्धमा शिर्ष नेताहरुलाई निर्णय गर्न दिने अधिकार दिइएको बताइएको छ । यस विधेयकबारे सहमति जुटाउन सुक्रबार शिर्ष तीन नेताहरुको बैठक बस्ने सहमति विहिबार भएको थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा राष्ट्रिय सभा निर्वाचन ऐन एकल संक्रमणकालीन आधारमा निर्वाचन गर्नुपर्ने प्रस्ताव आफूहरूले राखेको र एमालेले बहुमतीय आधारमा गर्नुपर्छ भन्ने धारणा राखेको जानकारी दिए ।

एमालेले सरकार आफैंले बहुमतीय आधारमा गर्नुपर्छ भनेर संसद्मा विधेयक दर्ता गरिसकेको भन्दै वाम गठबन्धन बनेपछि आउने परिणामको अनुमानका आधारमा सरकारले बदमासी गरिरहेको आरोप लगाएको छ । माओवादी केन्द्रले पनि विधेयकमा जे पेस भएको हो, त्यही अघि बढाउन माग गरेको छ । 
 

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारीबाट १० विधेयक प्रमाणीकरण

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गरेकी छिन् । व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७४,

प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक पारित, अन्तिम बैठक शनिबार बस्दै

काठमाडौँ ।  व्यवस्थापिका–संसद्को आजको बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ ।  प्रधानमन्त्रीका तर्फबाट ‘कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत

चिकित्सा शिक्षा र राष्ट्रिय सभा सम्वन्धी विधेयकमा सहमति हुन सकेन 

काठमाडौं । चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्वन्धी विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।  यससँगै अहिलेको संसदबाट यी दुबै विधेयक ल्याउने प्रयास असफल

सभामुखले बोलाइन शिर्ष नेताको बैठक, चिकित्सा शिक्षा विधेयकमा छलफल हुने 

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छन् । दिउँसो साढे २ बजे संसद भवन नयाँबानेश्वरमा कांग्रेस, एमाले र माओवादीका शीर्ष