• २०८१ बैशाख ४ मंगलबार

विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङद्वारा नेपाललाई १९५ रनको लक्ष्य

kharibot

काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत नेपालले १९५ रनको लक्ष्य पाएको छ ।  हङकङको मिसन रोड क्रिकेट ग्राउण्ड मोङकाङमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको खेलमा नेपालले हङकङलाई ५० ओभरमा १९४ रनमा अलआउट गरेको थियो । 

नेपालले खेलमा पूर्ण नियन्त्रण गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । हङकङले आफ्नो इनिंगमा २८औ बलमा पहिलो रन लिएको थियो । हङकङका लागि अटकिन्सनले सर्वाधिक ७६ रन बनाएका थिए भने तन्बिर अफजलले ३८, बबर ह्यातले २९ र वकास खानले १४ रन बनाएका थिए । 

नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट लिएका छन् भने बसन्त रेग्मी र करण केसीले दुई दुई विकेट लिएका थिए । त्यस्तै सुशान्त भारीले एक विकेट लिएका थिए । नेपालले केहीबेरमा आफ्नो इनिंग सुरु गर्दै छ ।

नेपालले विश्वकप क्रिकेट २०१९ मा ठाउ बनाउन हङकङलाई दुवै खेलमा पराजित गर्नुपर्ने दबाबका बीच खेलिरहेको छ । खेल अघि नेपाललाई आफ्ना भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरलाई गुमाउदा ठुलो झड्का लागेको छ । 

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स १८ अंक र पपुवा न्यूगिनी १६ अंक ल्याएर विश्वकप क्वालिफायर खेल्न छनौट भैसकेका छन् । अब बाँकी दुई स्थानका लागि स्कटल्याण्ड १५ अंक सहित तेस्रो केन्या १२ अंक सहित चौथो, हङकङ ११ अंक सहित पाचौ र नेपाल अंक ८ सहित छैठौ स्थानमा रहेर प्रतिष्पर्धा गरिरहेका छन् ।

नेपालले आजको खेल र आइतबार हुने खेलमा हङकङलाई पराजित गरे विश्वकप क्वालिफायर खेल्न छनौट हुने सम्भावना रहन्छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै