• २०८१ बैशाख ४ मंगलबार

कांग्रेसभित्र उम्मेदवार छान्न सकस, एक सिटमा दर्जनौको सिफारिस  

kharibot

काठमाडौँ ।  कांग्रेस भित्र धेरै उम्मेदवार आकांक्षी भएपछि संसदीय बोर्डलाई उम्मेदवार छान्न समस्यामा परेको छ ।

विधानविपरीत बुधबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो संसदीय बोर्ड गठन गरेपछि बिहीबार औपचारिक बैठक बसेको थियो । तीन दिनभित्र समानुपातिकको बन्दसूची बुझाउनुपर्ने भए पनि पहिलो बैठक नै अलमलमा परेको छ । समानुपातिकतर्फ एउटै क्षेत्रीय समितिबाट ४० जनाको सम्म सिफारिस आएपछि समिति अलमलिएको हो ।

समितिमा रहेका नेताहरुले एक गुइ जनाको नाम भए सजिलो हुने थियो तर याँहा त दर्जनौ नाम छन् कसलाई राख्ने कसलाई फाल्ने भन्दै पहिलो बैठकमा अलमल भएको हो । 
कांग्रेसले प्रदेश र केन्द्रका लागि समावेशी कोटामा पनि लोकप्रिय र प्रभावशालीलाई नै सकेसम्म समेट्ने तयारी गरेको बताइएको छ । 

सभापति शेरबहादुर देउवाले बुधबार १७ सदस्यीय समिति गठन गरेका थिए । तर, कांग्रेसको विधानको दफा ३१ ले १५ जनाको समिति गठन गर्ने उल्लेख गरे पनि सभापति देउवाले विधान मिच्दै १७ सदस्यीय समिति गठन गरेका हुन् । सबै गुटलाई समेट्नसभापतिले विधान विपरित बोर्ड गठन गरेको बताइएको छ ।

कांग्रेसले २८ गतेसम्म उम्मेदवार टुंग्याउने गरी छलफल केन्द्रित गरेको जनाएको छ । यता वाम गठबन्धनलाई काउन्टर दिन बनेको लोकतन्त्रिक गठबन्धनको कार्यदलको औपचारिक बैठक भने अझै बसेको छैन ।

गठबन्धनमा पनि राजपा र संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा ५५ र प्रदेश सभामा १३१ सिट दाबी गरेको छ । कांग्रेस राजपा र समाजवादीलाई २ नम्बर प्रदेशमा बढीमा ५० प्रतिशत सिटसम्म दिन तयार भए पनि अन्य ठाउँमा यति हाराहारीमा दिन तयार नभएको बताइएको छ ।

अन्य दल राप्रपा, राप्रपा प्रजातान्त्रिकले पनि आफ्नो दलको साइज भन्दा बढी सिट मागिरहेको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै