राप्रपा इलामबाट उम्मेदवार सिफारिस, को को परे ?

खरीबोट
ad

इलाम । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामले पनि उम्मेदवार चयन गरेको छ । 

राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज लामिछाने र क्षेत्र नं २ बाट लालबहादुर डाँगीको नाम सिफारिस गरेको छ ।     

त्यसैगरी, प्रदेशसभाका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ इन्द्रकुमार लामा, ऋषिकेश ओझा र समानुपातिकतर्फ सांसद लीलादेवी श्रेष्ठ र गणेशबहादुर चौहानको नाम सिफारिस गरिएको छ । 

राप्रपाले प्रदेशसभाका लागि क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ नसिव राई र प्रताप चापागाईंलाई उम्मेदवार सिफारिस गरेको छ भने प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा डिगबहादुर कोइराला, माया चौहान, जीवन पाण्डे र दामोदर दाहाललाई सिफारिस गरेको राप्रपा जिल्ला अध्यक्ष यामप्रसाद चापागाईंले बताए । 

सम्बन्धित समाचार

दुई राप्रपाबीच एकता प्रक्रिया शुरु, संयुक्त कार्यदलको पहिलो बैठक बस्यो 

काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा मंगलबारदेखि प्रक्रिया शुरु भएको छ ।  दुई दलबीच वैचारिक र

बहुमतको आडमा सर्वसत्तावाद लाद्न खोजियो : कमल थापा 

हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले संविधान र संसदीय प्रजातन्त्रको आवरणमा वर्तमान सरकारले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् ।  राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा आज हेटौडामा आयोजित ३ नं प्रदेशस्तरीय

बलियो सरकारले ल्याएको कमजोर बजेट : राप्रपा

काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई आश्वस्त तथा वैदेशिक लगानीलाई आकर्षित गर्न नसक्ने निष्कर्ष निकालेको छ ।  पार्टी अध्यक्ष कमल थापाको

सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख – कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान् सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको