• २०८१ बैशाख ७ शुक्रबार

ओली र प्रचन्डलाई भेटेर नयाँशक्तिलाई सम्मानजनक स्थान दिन डा. भट्टराईको आग्रह  

kharibot

काठमाडौँ । अहिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ ।

चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागबन्डाको विवादका कारण नयाँ शक्तिले गठबन्धन छोड्ने चेतावनी दिएको छ । आफ्नो पार्टीलाई एमाले-माओवादीले ‘अपहेलित’ गर्न खोजेको निष्कर्षसहित उसले निर्वाचनमा सम्मानजनक व्यवस्थापन नगरिए गठबन्धन छोड्ने चेतावनी दिएको हो ।

यस्तो जानकारी नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बिहीबार एमाले-माओवादीका अध्यक्षलाई नै दिएका छन् । भट्टराईले बिहीबार बेलुकी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर आफ्नो लागि गोरखा क्षेत्र २ दिनुपर्ने र स्थानीय तहमा नयाँ शक्तिले सम्मानजनक मत ल्याएका अन्य क्षेत्र पनि आफ्नो पार्टीलाई दिएर सम्मानजनक व्यवहार देखाउनुपर्ने माग गरेका हुन् 

भट्टराईनिकट स्रोतका अनुसार दाहाल-ओली दुवैले यस विषयमा भट्टराईलाई आवेग र उत्तेजित अवस्थामा नआइहाल्न आग्रह गरेका छन् । माओवादीले गोरखा २ नछोड्ने अडान लिँदै भट्टराईलाई गोरखाबाहेक अन्यत्र जिल्ला रोज्न भनेपछि नयाँ शक्ति गठबन्धनसँग झस्किएको हो । माओवादीले गोरखा २ मा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय नै गरिसकेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै