• २०८१ बैशाख ४ मंगलबार

विश्व बैंकको वार्षिक सम्मेलन आजबाट

kharibot

वासिङ्टन, डिसी ।  विश्व बैंक ग्रुपको बोर्ड अफ गभर्नस र मुद्राकोषको वार्षिक सम्मेलन शुक्रबारबाट यहाँ शुरु हुने भएको छ । 

नेपालका तर्फबाट राष्ट्र बैंक र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । यस पटकको बैठकमा नेपालले पछिल्लोपटक हासिल गरेको आर्थिक वृद्धि र वित्तीय अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तयारीमा रहेको नेपाली टोलीबाट प्रतिनिधित्व गर्नुहुने दूतावासका आर्थिक कन्सुलर कैलाश पोख्रेलले जानकारी दिए । 

विश्व बैंकको शुक्रबारको प्लेनरी सेसनमा यसका अध्यक्ष जिम योङ किम र अन्तर्राष्ट्रिय मुद्रा कोषका व्यवस्थापकीय निर्देशक क्रिष्टिना लेगार्डले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । यो सबैभन्दा महत्वपूर्ण सेसन हो । 

विश्व बैंक र मुद्राकोषले वार्षिक अन्तर्राष्ट्रियस्तरका पूर्वाधार विकास, वित्तीय व्यवस्थापन, सरकारको खर्च प्रक्रिया, मानवीय स्वभावका परिवर्तन, स्वास्थ्य शिक्षा, सुशासन र दिगो आर्थिक क्रियाकलापको विषयमा विश्वभरका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको समेत सहभागितामा विभिन्न छलफल कार्यक्रम आयोजना गर्दछ । 

यस सम्मेलनमा डिजिटल अर्थतन्त्र, प्राकृतिक विपत्तिपछिको आर्थिक समुन्नति, एशिया, युरोप र अन्य देशको सडक सञ्जाल, प्रविधि र प्रशासनको सहभागितालगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । महिलाको व्यवसायमा सहभागिता, बालबालिकाको अवस्था, शिक्षाको पहुँचलगायतको विषयमा छलफल हुनेछ । 

सम्मेलनमा भाग लिन नेपालबाट गभर्नर डा चिरञ्जीवी नेपाल, अर्थसचिव डा शान्तकुमार सुवेदी, सहसचिव वैकुण्ठ अर्याल, राष्ट्र बैंकका निर्देशक नरबहादुर थापालगायतको टोली अमेरिका आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै