• २०८१ बैशाख ७ शुक्रबार

नेपाल भर्सेज हङकङ लाइभ 

काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत नेपाल र हङकङबिचको खेल सुरु भएको छ । हङकङको मिसन रोड क्रिकेट ग्राउण्ड मोङकाङमा घरेलु टोली नेपालले टस जितेर पहिला बलिङ गर्दै छ । 

नेपालले विश्वकप क्रिकेट २०१९ मा ठाउ बनाउन हङकङलाई दुवै खेलमा पराजित गर्नुपर्ने दबाबका बीच खेलिरहेको छ । खेल अघि नेपाललाई आफ्ना भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरलाई गुमाउदा ठुलो झड्का लागेको छ । 

नेपाली प्लेइंग इलेभेनमा कप्तान पारस खड्का, उपकप्तान ज्ञान्नेद्र मल्ल, सागर पुन, दिपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, सोमपाल कामि, करण केसी, सन्दीप लामिछाने सुशान्त भारी, विनोद भण्डारी र आरिफ शेख खेलिरहेका छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स १८ अंक र पपुवा न्यूगिनी १६ अंक ल्याएर विश्वकप क्वालिफायर खेल्न छनौट भैसकेका छन् । अब बाँकी दुई स्थानका लागि स्कटल्याण्ड १५ अंक सहित तेस्रो केन्या १२ अंक सहित चौथो, हङकङ ११ अंक सहित पाचौ र नेपाल अंक ८ सहित छैठौ स्थानमा रहेर प्रतिष्पर्धा गरिरहेका छन् ।

नेपालले आजको खेल र आइतबार हुने खेलमा हङकङलाई पराजित गरे विश्वकप क्वालिफायर खेल्न छनौट हुने सम्भावना रहन्छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै