• २०८१ बैशाख ७ शुक्रबार

केजरीवालको चर्चित निलो कार चोरी !

kharibot

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको चर्चित निलो कार चोरी भएको छ । 

मुख्यमन्त्री केजरीवालले आफ्नो भ्रष्ट्राचार विरोधी आन्दोलन गर्दा प्रयोग गर्ने गरेको वेगन कार दिल्ली स्थित सचिवालय अगाडीबाट चोरी भएको भारतीय समाचार एजेन्सी पिटीआइले जनाएको छ ।

हाल आमआदमी पार्टीका कार्यकर्ताले प्रयोग गरेको सो निलो कार सन् २०१३ मा दिल्ली मा आम आदमीको सरकार बनेपछि यो कार पनि निकै चर्चामा आएको थियो । आम आदमीको छबीसँग मेल खाने कार चढेको भन्दै सर्बसाधारणदेखि मिडियामा यस कारको निकै चर्चा भएको थियो ।

यो कार लण्डनमा बस्ने एक सफ्वेर इन्जिनियरले आमआदमी पार्टीको भ्रष्ट्राचार विरोधी आन्दोलनबाट प्रभावित भएर उपहार स्वरूप दिएका थिए । हाल प्रहरीले कारको खोजि जारी रहेको बताएको छ ।


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै