काँग्रेससँग पार्टी एकीकरण हुन सक्छ : उपप्रधानमन्त्री गच्छदार

खरीबोट

विराटनगर ।  उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताएका छन् ।  

विराटनगर विमानस्थलम विहिबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य साना दलसमेत सहभागी हुने बताए । 

उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार तोकिएको समयमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने सम्बन्धमा सबैलाई ढुक्क हुन पनि आग्रह गरे । राप्रपालाई सरकारमा सहभागी गराउने गरी सहमति भएअनुसार नै प्रधानमन्त्रीले आफ्नो अधिकारको प्रयोग गरी सरकारमा लैजान लागेको उनको भनाइ थियो । 

सम्बन्धित समाचार

आचारसंहिता फिर्ता लेऊ : उपप्रधानमन्त्री विजयकुमार गच्छदार

विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेशवादी दलहरु निर्वाचनमा सहभागी भएपछि संविधानको स्वीकारोक्तिमा वृद्धि भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले संघीय संसद्को निर्वाचनपछि जनता र राजनीतिक दलले

उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई निर्वाचन आयोगको २४ घन्टे स्पष्टिकरण  

काठमाडौं ।  निर्वाचन आयोगले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र जलश्रोत राज्यमन्त्री अमरसिंह पुनसँग २४ घण्टे स्पष्टिकरण मागेको छ ।  आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले गच्छदार