सभामुखलाई सक्रिय भूमिका खेल्न डा.केसीको आग्रह

खरीबोट

काठमाडौँ  ।  अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । 

प्रा डा केसीले आज पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई सहीरूपमा पारित गराउन आग्रह गर्दै भने, “केही राजनीतिक दल र सांसदहरू नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने तथा आम विद्यार्थीको सस्तोमा चिकित्सा शिक्षा पाउने अधिकार कुण्ठित गर्न सक्रिय भएका छन्, त्यसैले ऐन असफल पार्न लागेका छन् ।”

डा केसी आठ दिनदेखि स्वास्थ्य तथा चिकित्सा शिक्षा सुधारका लागि चिकित्सा शिक्षा ऐन आउनुपर्ने माग राखी १३ औँ आमरण अनशनमा छन् ।

चिकित्सा विधेयक संसद्मा विचाराधीन रहे पनि दलहरुबीच सहमति हुन् नसक्दा पारित हुन् सकेको छैन ।  एमालेका सांसदहरुले समितिले पारित गरेको आधारमा नै विधेयक संसदबाट पारित हुनुपर्ने अडान राखेका छन् भने कांग्रेसले सम्बन्धनका विषयमा डा. केसीको मागलाई सम्बोधन गर्नुपर्ने अडान राखेको छ ।

सम्बन्धित समाचार

सरकारसँगको १० बुँदे सहमतिपछि डा.गोबिन्द केसीले अनशन तोडे  

काठमाडौँ । सरकारले चिकित्सा शिक्षा विधेयक सरकारले अध्यादेशबाट ल्याउने भएपछि चौधौ दिन डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  बुधबार बिहान

न्यायालयमा न्याय हरायो : डा गोबिन्द केसी

काठमाडौँ ।  प्रा डा गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताएका छन्  ।  सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको आमरण अनशन बसिरहनुभएका केसीले न्यायपालिकाको मर्यादाका लागि

खड्कालाई पुनर्बहाली गर्ने सर्वोच्चको आदेशको डा. केसीद्वारा विरोध

काठमाडौँ । स्वास्थ्य शिक्षा सुधारको माग राखेर अनसनरत डा. गोबिन्द केसीले सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पुनर्बहाली गर्ने आदेशको विरोध गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै सरकारले

डा. गोबिन्द केसीको अनशन स्थगित

काठमाडौँ ।  त्रिवि शिक्षण अस्पताल महारजगन्जका वरिष्ठ डा. गोविन्द केसीले आफ्नो १२औं अनसन स्थगित गरेका छन् । पाँच बुँदे माग राखिएको सत्याग्रह कार्यक्रम सुरू भएको केही घण्टामा चिकित्सा शिक्षा ऐन पारित