• २०८१ बैशाख ६ बिहीबार

सप्तरी काँग्रेसद्वारा उम्मेदवार सिफारिस, को को परे ?

kharibot

राजविराज । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस सप्तरीले उम्मेदवार सिफारिस गरेको छ । 

प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट हरेराम चौधरी, रामदेव साह, महेन्द्रप्रसाद यादव, २ बाट डा अनिल झा, सकलदेव सुतिहार, रञ्जित कर्ण, रामकुमार यादव र नीलम कर्ण, क्षेत्र नं ३ बाट जिल्ला सभापति दिनेशकुमार यादव, ४ बाट तेजुलाल चौधरी, फतेमोहम्मद र सुरेन्द्रप्रसाद यादवको नाम सिफारिस भएको पार्टीका जिल्ला सभापति दिनेशकुमारले बताए । 

यस्तै प्रदेशसभा क्षेत्र नं १ को (क) बाट रघुकुमार सिंह थारु, चन्देश्वर चौधरी, युगेश्वरप्रसाद यादव, उमेशकुमार बस्नेत र शैजनारायण श्रेष्ठ र (ख) बाट बद्रीनारायण महत्मान यादव, उमेशकुमार मिश्र र हेमन्त जैन तथा २ को (क) बाट महानन्द यादव, कृष्णदेव दास, महेन्द्र यादव, तारा मिश्र, श्याम खड्गी र मोहम्मद इशाद र २ को (ख)बाट सनत मण्डल, राधेश्याम यादव, अरुणकुमार मण्डल र मालती देवीको नाम सिफारिस भएको काँग्रेसले जनाएको छ । 

त्यस्तै प्रदेशसभा क्षेत्र नं ३ को (क) बाट भगवतीप्रसाद यादव, गीताकुमारी यादव र सुरेन्द्रप्रसाद यादव, ३ को (ख)बाट रामप्रसाद मण्डल, मोहम्मद समित र सबुरलाल साह, ४ को (क) बाट मोहम्मद उलफत, सीताराम साह, सुजन चौधरी, गीता चौधरी, रामकुमार न्यौपाने, दयानारायण चौधरी र जयनारायण चौधरी तथा ४ को (ख)बाट रामुप्रसाद यादव, रामबल्लभ साह, राजाराम झा र शान्तिकुमारी साहको नाम सिफारिस भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै