मेलम्चीको सुन्दरीजल प्रशोधन केन्द्रमा तीन कक्षको सफल परीक्षण

खरीबोट

फाइल तस्बिर

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा निर्माण सम्पन्न भएको अत्याधुनिक पानी प्रशोधन केन्द्रका तीन कक्षमा सफलतापूर्वक पानी परीक्षण गरेको छ । 

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७.५ किमी सुरुङ खनेर ल्याइने पानी सुन्दरीजलमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । 

चैतसम्म दैनिक १७ करोड लिटर पानी राजधानी आउने भए पनि हालसम्म जापान सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र निर्माण सम्पन्न भएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले राससलाई जानकारी दिए । 

केन्द्रका आठ प्रशोधन केन्द्रमध्ये हालसम्म तीन केन्द्र परीक्षणमा सफल भएको छ । मेलम्चीको पानी आउन सुरुङको काम डेढ किमी बाँकी भएकाले वाग्मतीको पानी लगी परीक्षण गरिएको हो । दैनिक सात करोड लिटर वाग्मतीको पानी केन्द्रमा लगेर परीक्षण भइरहेको समितिले जनाएको छ । वाग्मतीको पानी परीक्षणपछि पुरानै सञ्जालबाट उपत्यकामा वितरण भइरहेको छ । 

एसियाली विकास बैंकको सहयोगमा अर्को प्रशोधन केन्द्र निर्माणको काम पनि शुरु भएको कार्यकारी निर्देशक देवकोटाले बताउनुभयो । यो प्रशोधन केन्द्र नेपालकै ठूलो र अत्याधुनिक भएको उनले बताए । 

सम्बन्धित समाचार

मेलम्चीको सुन्दरीजल प्रशोधन केन्द्रमा तीन कक्षको सफल परीक्षण

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा निर्माण सम्पन्न भएको अत्याधुनिक पानी प्रशोधन केन्द्रका तीन कक्षमा सफलतापूर्वक पानी परीक्षण गरेको छ ।  सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७.५ किमी सुरुङ खनेर ल्याइने पानी सुन्दरीजलमा प्रशोधन

मेलम्चीको पानी वितरण गर्न ५५ किमी पाइप बिच्छ्याउन बाँकी

काठमाडौँ  ।  मेलम्चीको पानी उपत्यकामा वितरण गर्न ६७० किमी पाइप बिच्छ्याउनुपर्नेमा ५५ किमीको काम बाँकी छ ।  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि पाइप बिच्छ्याउने जिम्मेवारी पाएको

मेलम्ची पानी उपत्यकामा छ महिनापछि मात्र आउने

चौतारा । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १.७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै छ महिना पर्खनुपर्ने भएको छ ।  सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ खन्ने काम आगामी

मेलम्ची खानेपानी परियोजना निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोगको स्थलगत निरीक्षणका क्रममा आज उनले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न