मेलम्चीको सुन्दरीजल प्रशोधन केन्द्रमा तीन कक्षको सफल परीक्षण

खरीबोट

फाइल तस्बिर

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा निर्माण सम्पन्न भएको अत्याधुनिक पानी प्रशोधन केन्द्रका तीन कक्षमा सफलतापूर्वक पानी परीक्षण गरेको छ । 

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७.५ किमी सुरुङ खनेर ल्याइने पानी सुन्दरीजलमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । 

चैतसम्म दैनिक १७ करोड लिटर पानी राजधानी आउने भए पनि हालसम्म जापान सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र निर्माण सम्पन्न भएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले राससलाई जानकारी दिए । 

केन्द्रका आठ प्रशोधन केन्द्रमध्ये हालसम्म तीन केन्द्र परीक्षणमा सफल भएको छ । मेलम्चीको पानी आउन सुरुङको काम डेढ किमी बाँकी भएकाले वाग्मतीको पानी लगी परीक्षण गरिएको हो । दैनिक सात करोड लिटर वाग्मतीको पानी केन्द्रमा लगेर परीक्षण भइरहेको समितिले जनाएको छ । वाग्मतीको पानी परीक्षणपछि पुरानै सञ्जालबाट उपत्यकामा वितरण भइरहेको छ । 

एसियाली विकास बैंकको सहयोगमा अर्को प्रशोधन केन्द्र निर्माणको काम पनि शुरु भएको कार्यकारी निर्देशक देवकोटाले बताउनुभयो । यो प्रशोधन केन्द्र नेपालकै ठूलो र अत्याधुनिक भएको उनले बताए । 

सम्बन्धित समाचार

दशैँताका मेलम्चीको पानी राजधानीका धारामा

काठमाडौँ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूर्णताको अन्तिम चरणमा पुगेसँगै राजधानीवासीका धारामा दशैँताका मेलम्चीको पानी आउने भएको छ ।  अर्बौं रुपैयाँको विशाल उक्त परियोजनाबाट मेलम्ची खोलाको पानी राजधानीका धाराबाट खस्ने प्रायः

मेलम्ची खानेपानीको सुरुङ निर्माणमा ढिलाइ

चौतारा ।  बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ ।  ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र काम भएको

मेलम्चीको सुरुङ खन्न अझै दुई महिना लाग्ने, श्रावणसम्म उपभोक्ताका घरमा धारा जडान हुने

काठमाडौँ । उपत्यकाबासीलाई मेलम्चीको पानी आकाशको फल आँखा तरी मर भने जस्तै भएका बेला पछिल्लो समयमा मेलम्चीको खानेपानी आउने निश्चित भएको छ । सबैभन्दा महत्वपूर्ण मानिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ

नगरपालिकाको अकर्मण्यताले सधैँ दुर्गन्धित मेलम्ची

मेलम्ची ।  सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारका रुपमा चिनिँदै आएको मेलम्ची बजारबाट संकलित फोहरमैलाको उचित व्यवस्थापन नहुँदा बजारमा निकै दुर्गन्ध फैलन थालेको छ ।  मेलम्ची नगरपालिकाका १३ वटा वडामै फोहर उठाउन न नगरपालिका पुगेको