• २०८१ बैशाख १३ बिहीबार

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतीजा

kharibot

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुर

भक्तपुर, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । 

परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिएका छन् । परीक्षामा १७ जना परीक्षार्थीको नतिजा रद्ध भएको उनले जानकारी दिए । 

त्यसैगरी आंशिकतर्फ नौ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा चार हजार १३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले जानकारी दिए । परीक्षामा तीनजना परीक्षार्थीको परीक्षा रद्ध भएको छ । 

अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जानकारी दिएको छ । 

नतीजा हेर्न यँहा क्लिक गर्नुस् :

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै