राप्रपा भक्तपुरद्वारा उम्मेदवार सिफारिस, को को परे ?

खरीबोट

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले आसन्न निर्वाचनका लागि ३१ जना आकांक्षीको नाम सिफारिस गरेको छ । 

पार्टीको जिल्ला समिति बैठकले अन्तिम नामावली केन्दीय कार्य समितिमा सिफारिस गरेको पार्टीका सचिव मुकुन्द कार्कीले जानकारी दिए । 

सिफारिस भएकामध्ये प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ को प्रत्यक्षतर्फ रविकृष्ण श्रेष्ठ र क्षेत्र नं २ मा रमेश राजबाहक रहेका छन् । समानुपातिकतर्फ भने सानुकाजी हेक्का, श्यामप्रसाद नेपाल, विष्णुप्रसाद त्वायनावासु, राधिका आचार्य, मञ्जु कार्की, रामप्रसाद न्यौपाने, भुवन ढुंगेल, बुद्धिकुमार मुस्याख्व शान्तिभक्त वाटी, लक्ष्मीसुन्दर पक्का, सुमित्रा भण्डारी, लक्ष्मी छुस्यावाग रहेका छन् । । 

त्यसैगरी प्रदेश समानुपातिकतर्फ दिनेश श्रेष्ठ, नरगोविन्द शंखदेव, विनोद कार्की, उत्तम गिरी, गोपालप्रसाद तिमिल्सिना, भुवन वागश्रेष्ठ, मोहनकृष्ण मातांगुलु, रजनी खड्का, विश्वेश्वर प्रकाश चौलागाईं, मनोज तिमिल्सिना, बाबु थापा, मोहन केसी, सरिता श्रेष्ठ, कृष्णलक्ष्मी चाँसी श्रेष्ठ, सुवर्ण गिरी, रामबहादुर थापा र शम्भुप्रसाद लामिछानेको नाम सिफारिस गरेको छ । 

प्रदेश प्रत्यक्षतर्फ भने नाम सिफारिस नगरिएको बताउँदै उहाँले लोकतान्त्रिक गठबन्धनसँग तालमेल गर्ने भएकाले नाम सिफारिस नगरिएको बताए ।

सम्बन्धित समाचार

झापामा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार सिफारिस

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ ।  उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ नंसम्मका सबै

काँग्रेस धनुषाद्वारा उम्मेदवार सिफारिस, निर्वाचन क्षेत्र नं ३ मा निधिको नाममा मात्रै सर्वसम्मति !

महेन्द्रनगर, धनुषा, नेपाली काँग्रेस धनुषाले प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको छ । काँग्रेसका सभापति रामसरोज यादवले दिएको जानकारीअनुसार सबै उम्मेदवारको नामावली केन्द्रमा पठाइएको छ ।

राप्रपा इलामबाट उम्मेदवार सिफारिस, को को परे ?

इलाम । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामले पनि उम्मेदवार चयन गरेको छ ।  राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज

सप्तरी काँग्रेसद्वारा उम्मेदवार सिफारिस, को को परे ?

राजविराज । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस सप्तरीले उम्मेदवार सिफारिस गरेको छ ।  प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट हरेराम चौधरी, रामदेव साह, महेन्द्रप्रसाद यादव, २ बाट डा