हङकङविरुद्धको दुवै खेलमा क्रिकेटर शरद भेषावकर नखेल्ने

खरीबोट

फाइल तस्बिर

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शुक्रबार र आइतबार हुने हङकङविरुद्धको दुवै खेलमा क्रिकेटर शरद भेषावकर खेल्न नसक्ने भएका छन् ।

विरामी परेका कारण भेषावकरले खेल्न नसक्ने भएपछि नरेश बुढाऐरलाई टिममा बोलाइएको छ । बुढाऐर शुक्रबार बिहानसम्म हङकङ पुग्ने बताइएको छ । 

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो छैटौं चरणको खेलमा नेपालले शुक्रबार र आइतबार हङकङसँगै उसकै घरेलु मैदानमा खेल्दै छ । 

१० खेलबाट ८ अंक बटुलेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । नेपालसँग खेल्न लागेको हङकङको भने ११ अंक छ । 

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । 
शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको १२ खेलबाट १८ तथा दोश्रो स्थानको पपुवान्युगिनीको १२ खेलबाटै १६ अंक छ ।

यस्तै स्कटल्याण्डको १२ खेलबाट १५ तथा  केन्याको १२ अंक छ । नेपालभन्दा तल रहेका युएई र नामिबियाको समान ६ अंक छ । सातौं चरणमा नेपालले युएईसँग खेल्ने छ । 
 

सम्बन्धित समाचार

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल युएईसँग ७ विकेटले पराजित 

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २२२ रनको लक्ष्यलाई युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर २२५ रन

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै 

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । आबुधावीको शेख जायेद रंगशालामा नेपाली समयअनुसार खेल आज सवा ११ बजेदेखि सुरू हुदै छ । डब्लुसिएलको

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द, नेपाल 'डिभिजन टु' मा घटुवा

काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल बर्षका कारण रद्ध भएको छ ।  नेपाल र हङकङ्गको दोश्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको छ ।

नेपाल र हङकङबीचको खेल वर्षाका करण समयमा सुरु नहुने  

काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल समयमा सुरु नहुने भएको छ ।  हङकङ क्रिकेट एसोसिएशनले आइतबार आएको समुन्द्री आधीका कारण अहिले सम्म पनि वर्षा भैरहेकाले