• २०८१ बैशाख ८ शनिबार

अफगानिस्तानमा २४ घण्टामा २९ तालिबान लडाकु मारिए

kharibot

काबुल (रासस/सिन्ह्वा) / अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा २९ जना लडाकू मारिएको बताइएको छ ।

अफगानिस्तानका विभिन्न भूभागहरुमा गएको २४ घन्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही र द्विपक्षीय भिडन्तहरुमा परी ती लडाकू मारिएका हुन् ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा अधिकांश लडाकू मारिएका बताइएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै