• २०८१ बैशाख ८ शनिबार

प्रताप दास र संगीताले ल्याए 'कमिलाको ताँती ...' ! (भिडियोसहित)

kharibot

काठमाडौं । चर्चित नेपाली सांगीतिक रियालिटी शो नेपाल आइडलको टप ३ मा पुगेका गायक प्रताप दास र संगीता रायमाझीले कमिलाको ताँती बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

मायाप्रेम थिम रहेको गीतमा स्वर प्रताप दास र संगीता रायमाझी, शब्द लेखु सहयात्री र संगीत भीम बीसीको रहेको छ ।

गीतमा संगीत संयोजन बुद्ध सायमी र क्यामरा इडिट फराज अर्पणले गरेका छन् भने कोरियोग्राफीमा मनिश थापा रहेका छन् ।

फराज अर्पणले निर्देशन गरेको भिडियोमा शिवदास गुरुंग र रोजिना ठकुरी, मानव तामांग, राजु लामा र सुबोध क्षेत्रीको अभिनय रहेको छ ।

हेर्नुहोस् गीतको म्युजिक भिडियो -

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै