• २०८१ बैशाख ८ शनिबार

एभरेष्ट बैंक आफ्नै योजनामा असफल : राष्ट्रबैंकले तोकेको न्युनतम चुक्ता पुँजी पुरयाउन अझै सकेन 

kharibot

काठमाडौं । भारतको पञ्जाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैक न्युनतम चुक्ता पुंजी कायम गर्ने आफ्नै योजनामा फेलियर भएको छ ।

राष्ट्र बैकको निर्देशन अनुसार बाँणिज्य बैकहरुले न्युनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी कायम गर्नुपर्थ्यो । सोही अनुरुप बैंकले आर्थिक बर्ष २०७१—०७२ सम्म दुई अर्ब ६२ करोड दुई लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेकोमा यसलाई बढाएर २०७४ को असार मसान्तसम्म आठ अर्ब दुई करोड ३९ लाख रुपैयाँ पुर्याउने योजना अघि सारेको थियो । 

तर योजनको अवधि समाप्त भईसक्दाको अवस्थासम्म अर्थात आर्थिक बर्ष २०७३—०७४ सम्ममा बैंकले जम्मा पाँच अर्ब ७४ करोड १० लाख ९५ हजार रुपैयाँ मात्र चुक्ता पुंजी कायम गर्न सकेको छ । यो चुक्ता पुंजी बैंक स्वंमले लिएको लक्ष्य भन्दा झण्डै दुई अर्ब रुपैयाँ कम हो । बैकले उक्त आवमा एक अर्ब ९८ करोड १६  लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफाबाट बोनस सेयर बितरण गर्दा पनि बैंकको चुक्ता पुंजी आठ अर्ब रुपैयाँ भन्दा कम हुने देखिन्छ । बैकको प्रमुख कार्यकारीकोरुपमा शोमेश्वर सेठ रहेकोमा उनले पनि न्युनतम चुक्ता पुंजी कायम गर्ने बिषयमा ठोसरुपमा काम गर्न सकेका छैनन् । 

यस्तो थियो पुँजी वृद्धिको योजना :

बैकमा भारतको पञ्जाव नेशनल बैंकको २० प्रतिसत सेयर स्वामित्व रहेको छ । सोही अनुरुप बैंकको सञ्चालक समितीमा पञ्जाव नेशनल बैकका तर्फबाट डा. रामशरण साँगापुरे र एके अहुलिवालिया सञ्चालक रहेकाछन । बैकको आठ सदस्यीय सञ्चालक समितीमा बिके श्रेष्ठ अध्यक्ष रहेकाछन भने संस्थापक सेयरधनी समुहका तर्फबाट बेदकृष्ण श्रेष्ठ र डा बालगोपाल बैद्य सञ्चालक रहेकाछन भने सर्वसाधारण सेयरधनी समुहको प्रतिनिधित्व गर्दे नविन भक्त श्रेष्ठ र सुनिल गोपाल श्रेष्ठ सञ्चालक रहेकाछन । 

बैकले बिभिन्न सभा समारोहमा आफुलाई बिदेशी साझेदारीमा सञ्चालनमा रहेको र बित्तीय अवस्था निकै नै सवल रहेको भन्दै प्रचार प्रसार गरेपनि न्युनतम चुक्ता पुंजी कायम गर्ने बिषयमा बैंक कमजोर देखिएको छ । बिदेशी साझेदारी नभएका अन्य बाँणिज्य बैकहरुले आठ अर्ब रुपैयाँ चुक्ता पुंजी पुर्याईसके पनि बैकले अझै न्युनतम चुक्ता पुंजी कायम गर्न सकेको छैन । 

राष्ट्र बैकले सबै किसिमका बैंक तथा फाईनान्सहरुलाई २०७४ को असार मसान्तसम्म न्युनतम चुक्ता पुंजी कायम गर्नुपर्ने समय सिमा तोकेको थियो । त्यो समयभित्र चुक्ता पुंजी कायम गर्न नसकेपछि राष्ट्र बैकले उक्त समय सिमालाई २०७४ को असोज मसान्तसम्म थप गरेको थियो । उक्त समयसिमा भित्र पनि चुक्ता पुंजी कायम गर्न नसके अनिवार्यरुपमा मर्जरमा लाने, निक्षेप तथा कर्जामा सिमा तोकिदिने लगायतका कारावाही गर्न तयारी राष्ट्र बैकले गरेको छ ।

सोही आधारमा एभरेष्ट बैंक पनि न्युनतम चुक्ता पुंजी कायम गर्न नसकेको अवस्थामा सुधारात्मक कारवाहीमा पर्न सक्ने संभावना रहेको देखिन्छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै