उड्ने मोटरसाइकलबाट दुवई प्रहरीको गस्ती !

खरीबोट
ad

दुवई । दुवईको प्रहरीले उड्ने मोटरसाइकलबाट व्यस्त सडकको गस्ती गर्ने तयारी गरिरहेको खुलेको छ ।

एउटा सार्वजनिक नयाँ भिडियोमा नयाँ खाले होवरबाइक जसको गुड्ने पांग्रा होइन उड्न पंखाहरु छन्, यसैको सहायतामा दुवई प्रहरीले भावी दिनमा सडक गस्ती गर्ने तयारी गरेको हो । यसले १६ फिटमाथि उडेर सडकको गस्ती गर्नेछन् ।

भिडियोमा दुवई प्रहरीका एक जवानले यस बाइकमा उड्ने प्रयत्न गरिरहेका देखिन्छन् । यो उड्ने बाइकले ४७ टन बोक्न सक्ने बताइएको छ । यो कम्तीमा पनि २५ मिनेटरसम्म आफ्नो चालकलाई बोकेर उड्न सक्छ भने प्रतिघण्टा ४३ किमिको गतिमा उड्ने क्षमता राख्छ ।

गत हप्ता मात्रै गल्फ इन्फरमेसन टेक्नोलजी एक्जिविसनमा यसको अनावरण गरिएको थियो । यदि यो प्रयोग सफल भए ट्राफिक जामलगायत अन्य सडकका आपराधिक क्रियाकलाप नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

सप्तरीमा दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज / पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरी

मोरङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ /  मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा८च ३०९७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ज९प ७८१८

काठमाडौँको शंखमुलमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ  । काठमाडौंको शंखमुलमा आज बिहान ४ बजे बा ८० प ११५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ  ।  दुर्घटनामा एक जना गम्भिर घाइते भएका

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ /  मोटरसाइकल दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ ।  काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता