उड्ने मोटरसाइकलबाट दुवई प्रहरीको गस्ती !

खरीबोट

दुवई । दुवईको प्रहरीले उड्ने मोटरसाइकलबाट व्यस्त सडकको गस्ती गर्ने तयारी गरिरहेको खुलेको छ ।

एउटा सार्वजनिक नयाँ भिडियोमा नयाँ खाले होवरबाइक जसको गुड्ने पांग्रा होइन उड्न पंखाहरु छन्, यसैको सहायतामा दुवई प्रहरीले भावी दिनमा सडक गस्ती गर्ने तयारी गरेको हो । यसले १६ फिटमाथि उडेर सडकको गस्ती गर्नेछन् ।

भिडियोमा दुवई प्रहरीका एक जवानले यस बाइकमा उड्ने प्रयत्न गरिरहेका देखिन्छन् । यो उड्ने बाइकले ४७ टन बोक्न सक्ने बताइएको छ । यो कम्तीमा पनि २५ मिनेटरसम्म आफ्नो चालकलाई बोकेर उड्न सक्छ भने प्रतिघण्टा ४३ किमिको गतिमा उड्ने क्षमता राख्छ ।

गत हप्ता मात्रै गल्फ इन्फरमेसन टेक्नोलजी एक्जिविसनमा यसको अनावरण गरिएको थियो । यदि यो प्रयोग सफल भए ट्राफिक जामलगायत अन्य सडकका आपराधिक क्रियाकलाप नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

जितपुर, कपिलवस्तु । ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु भएको छ ।  पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ शिवपुरमा पश्चिमबाट पूर्व आउँदै गरेको लु २ त ५७१३ नंको ट्र्याक्टरले विपरीत दिशाबाट

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दमक । टिपरको ठक्करबाट आज दिउँसो झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडकखण्डमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  को १ ख ५२२३ नं टिपरले मे९प २२९१ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल

सल्यानमा मोटरसाइकल दुर्घटना  हुँदा कर्मचारीको मृत्यु

सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना कर्मचारीको मृत्यु भएको छ ।  मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४

मोरङमा छुटृाछुटृै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

उर्लाबारी, मोरङ ।  मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।  जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई