उड्ने मोटरसाइकलबाट दुवई प्रहरीको गस्ती !

खरीबोट

दुवई । दुवईको प्रहरीले उड्ने मोटरसाइकलबाट व्यस्त सडकको गस्ती गर्ने तयारी गरिरहेको खुलेको छ ।

एउटा सार्वजनिक नयाँ भिडियोमा नयाँ खाले होवरबाइक जसको गुड्ने पांग्रा होइन उड्न पंखाहरु छन्, यसैको सहायतामा दुवई प्रहरीले भावी दिनमा सडक गस्ती गर्ने तयारी गरेको हो । यसले १६ फिटमाथि उडेर सडकको गस्ती गर्नेछन् ।

भिडियोमा दुवई प्रहरीका एक जवानले यस बाइकमा उड्ने प्रयत्न गरिरहेका देखिन्छन् । यो उड्ने बाइकले ४७ टन बोक्न सक्ने बताइएको छ । यो कम्तीमा पनि २५ मिनेटरसम्म आफ्नो चालकलाई बोकेर उड्न सक्छ भने प्रतिघण्टा ४३ किमिको गतिमा उड्ने क्षमता राख्छ ।

गत हप्ता मात्रै गल्फ इन्फरमेसन टेक्नोलजी एक्जिविसनमा यसको अनावरण गरिएको थियो । यदि यो प्रयोग सफल भए ट्राफिक जामलगायत अन्य सडकका आपराधिक क्रियाकलाप नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

दोलखामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चरीकोट ।  नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ ।  दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

विराटनगर ।  मोरङको कानेपोखरीस्थित खोर्साने–केराबारी सडकखण्डमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  को२८प ८०९० नम्बरको मोटरसाइकलका चालक कानेपोखरी–८ बस्ने २२ वर्षीय सुजन कोइरालाको

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित सडकमा आज बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना।५ख ६०२ नंको बसको टायर पञ्चर

भारतीय नम्बर प्लेटका तीन मोटरसाइकलसहित कपडा बरामद

रौतहट । बाराको सिम्रौनगढ नाकाबाट भारतीय नं प्लेटको तीन मोटरसाइलसहित करीब रु चार लाख मूल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।  भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुँदै रौटहटको