• २०८१ बैशाख ६ बिहीबार

उड्ने मोटरसाइकलबाट दुवई प्रहरीको गस्ती !

kharibot

दुवई । दुवईको प्रहरीले उड्ने मोटरसाइकलबाट व्यस्त सडकको गस्ती गर्ने तयारी गरिरहेको खुलेको छ ।

एउटा सार्वजनिक नयाँ भिडियोमा नयाँ खाले होवरबाइक जसको गुड्ने पांग्रा होइन उड्न पंखाहरु छन्, यसैको सहायतामा दुवई प्रहरीले भावी दिनमा सडक गस्ती गर्ने तयारी गरेको हो । यसले १६ फिटमाथि उडेर सडकको गस्ती गर्नेछन् ।

भिडियोमा दुवई प्रहरीका एक जवानले यस बाइकमा उड्ने प्रयत्न गरिरहेका देखिन्छन् । यो उड्ने बाइकले ४७ टन बोक्न सक्ने बताइएको छ । यो कम्तीमा पनि २५ मिनेटरसम्म आफ्नो चालकलाई बोकेर उड्न सक्छ भने प्रतिघण्टा ४३ किमिको गतिमा उड्ने क्षमता राख्छ ।

गत हप्ता मात्रै गल्फ इन्फरमेसन टेक्नोलजी एक्जिविसनमा यसको अनावरण गरिएको थियो । यदि यो प्रयोग सफल भए ट्राफिक जामलगायत अन्य सडकका आपराधिक क्रियाकलाप नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै