पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द बैतडीबाट सिफारिस

खरीबोट

बैतडी ।  पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बैतडीबाट सिफारिश भएका छन् । 

सुर्नया गाउँपालिका–२ बाशुलिङ्गका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिश गरिएको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिए । पूर्वप्रधामन्त्री चन्दसँगै उनका छोरा जयन्त चन्दको नाम प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फका लागि सिफारिश गरिएको छ । 

यस्तै, नरेन्द्रबहादुर चन्दको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले प्रतिनिधि सभाको प्रत्यक्षका लागि सिफारिश गरेको छ । प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट रमा भण्डारी र लक्ष्मी विष्टको नाम सिफारिश भएको छ । 

क्षेत्र नं २ बाट समानुपातिकतर्फ चन्द्रकला साउद, हेमराज लेखक, जितसिंह थापा र वीरेन्द्रबहादुर चन्दको नाम सिफारिश गरिएको छ । 

दुवै क्षेत्रको प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यका लागि केही दिनभित्रै उम्मेदवार सिफारिश गरिने राप्रपा बैतडीले जनाएको छ । प्रदेश सभाका लागि दुई र प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् । जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ । 

सम्बन्धित समाचार

३३ दलीय मोर्चा र एराप्रपा(राष्ट्रवादी)बीच चुनावी तालमेल

काठमाडौँ । तेत्तीसदलीय मोर्चा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच चुनावी तालमेल, राष्ट्रियता र पार्टी एकीकरणबारे शुक्रबार सहमति भएको छ ।  प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अब मोर्चाले एराप्रपा (राष्ट्रवादी) लाई समर्थन गर्ने

राप्रपाको अन्तर्राष्ट्रिय समन्वय समितीको तदर्थ समिति गठन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाजको छाता संगठनको रूपमा अन्तर्राष्ट्रिय समन्वय समितीको तदर्थ समिति गठन गरिएको छ ।  पार्टीका उपाध्यक्ष वुद्धिमान तमाङको प्रमुख आतिथ्यमा भएको छलफलवाट

काँग्रेसले भक्तपुरमा राप्रपा (प्रजातान्त्रिक) सँग तालमेल गर्ने

भक्तपुर ।  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा नेपाली काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल हुने भएको छ ।  काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आज सञ्चारकर्मीसँग यसबारेमा

राप्रपाका संस्थापक पूर्वमन्त्री आचार्यको निधन

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान निधन भएको छ ।  लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहनुभएका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगञ्ज, कपनमार्गमा निधन