डा. प्रकाशचन्द्र लोहनी नुवाकोटको दुवै निर्वाचन क्षेत्रबाट सिफारिस

खरीबोट

नुवाकोट ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिश भएका छन् । 

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोट जिल्ला कार्यसमितिले गरेको सिफारिश सूचीमा लोहनीलाई दुवै निर्वाचन क्षेबत्रबाट प्रत्यक्ष र सामानुपातिकको उम्मेदवारमा सिफारिश गरेको पार्टी जिल्ला सचिव दीपेश पाण्डेले जानकारी दिए । नुवाकोट थानसिंह निवासी लोहनीलाई दुवै निर्वाचन क्षेत्रले प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिश गरिए पनि उनले अन्य दलसँग तालमेल गरी प्रत्यक्षतर्फबाटै उम्मेदवारी दिने बताइएको छ । 

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनको क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ गोकर्णराज सिटौला, बिमल थापा, लक्ष्मी पण्डित, पुरेन्द्रप्रसाद ढकाल र होमकुमारी ओझालाई पनि सिफारिश गरिएको छ । समानुपातिकतर्फ भरतजङ्ग उप्रेती, पोषनाथ ढुङ्गाना, शेरबहादुर खत्री र सरिता लामा रहेका छन् । 

प्रतिनिसधिसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ श्यामकुमार केसी, झनक प्याकुरेल, राज्यलक्ष्मी श्रेष्ठ र कुलबहादुर खङ्गीलाई उम्मेदवार प्रस्ताव गरिएको भने समानुपातिकतर्फ कृष्णबहादुर प्याकुरेल सीताराम सापकोटा, राधिका विश्वकर्मा र सीताराम कुमाललाई प्रस्ताव गरी नामावली केन्द्रमा बुझाइएको सचिव पाण्डेले जानकारी दिए । उक्त दलले जिल्लामा रहेका चारवटै प्रदेशको प्रत्यक्ष र सामानुपातिक तर्फको उम्मेदवार पनि सर्वसम्मत प्रस्ताव गरी नामावली केन्द्रमा बुझाएको जनाएको छ । 

सम्बन्धित समाचार

डा. प्रकाशचन्द्र लोहनी नुवाकोटको दुवै निर्वाचन क्षेत्रबाट सिफारिस

नुवाकोट ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिश भएका छन् ।  एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोट जिल्ला कार्यसमितिले

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्राध्यक्षमा राजसंस्था एराप्रपाको माग : डा. लोहनी

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले पार्टीका एजेण्डा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बौद्ध, किराँत, मुसलमान तथा अन्य सबै धर्मको सम्मान गर्दै नेपाललाई 

डा. प्रकाशचन्द्र लोहनी दुर्घटनामा घाइते

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी दुर्घटनामा परी आज घाइते भएका छन् ।  नयाँ बानेश्वरस्थित पार्टी निकट राष्ट्रवादी विद्यार्थी संघको कार्यालय उद्घाटन गर्न जानेक्रममा उनको सवारी साधनलाई चावहिलमा