जलवायु परिवर्तन यसो गरे रोक्न सकिन्छ

खरीबोट

डेन्भर । संयुक्त राज्य अमेरिकामा आएका ऐतिहासिक सामुिद्रक तुफानहरु र एशियामा सर्वत्र आएका बाढीहरुपश्चात जलवायु परिवर्तनको बढ्दो चालले हामी सजिलै अत्यासमा पर्न सक्छौँ । यी प्रलयकारी पूर्व सुचनाहरु पश्चात पनि विश्वव्यापी तापमानलाई नियन्त्रणमा राख्न सकिने बृहत र तेज उर्जा रुपान्तरणको एउटा उपाय हाम्रो अगाडि छ– अझ राम्रो कुरा त के हो भने यो परिवर्तन कार्यान्वयन गर्न नयाँ आविश्कारहरुको प्रतिक्षा पनि गर्नुपर्दैन । बिभिन्न व्यवसायद्वारा वितरीत र बजारद्वारा परिचालित नाफामूलक उपायहरु सहित यो रुपान्तरण अहिले नै हुनसक्छ । 

सन् २०१५ को पेरिस जलवायु सम्झौताले तोकेको लक्षअनुसार विश्वको बढेको तापमानलाई औधोगिक काल पुर्वको तापमानको २ डिग्री सेल्सियस भन्दा माथि जान नदिन खनिज तेल माथिको निर्भरता घटाउनुपर्ने तथा खाद्यान्न बाली लगाउने, वन पैदावर उपभोग गर्ने र भूमीको प्रयोग गर्ने तरिकामा परिवर्तन ल्याउनुपर्ने हुन्छ । ’रकी माउन्टेन इन्ष्टिच्युट’ को नयाँ अनुसन्धानले के देखाउँछ भने यी दुवै परिणाम हासिल गर्न संभव छ र यिनको एकमुष्ट असरले जलवायु परिवर्तनको प्रक्षेपणपथमा सकारात्मक रुपमा अवरोध पुर्याउन सक्छ । 

हाम्रो विश्लेषणका अनुसार उर्जासम्बन्धी भविष्यको माग र पूर्ति तथा वन र जमीनले गर्न सक्ने कार्वन सञ्चितीका आ आफ्ना मार्गहरु छन् जसलाई अवलम्बन गर्न सक्दा तापमानको वृद्धिलाई नाटकीय रुपमा घटाउन सकिन्छ । अहिलेको उपभोग प्रवृत्ति भन्दा स्वच्छ उर्जाको बढ्दो प्रयोग र बिस्तारसँगै हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन सकिन्छ । 
यो परिदृश्य धेरैले सोचेजस्तो असम्भव पनि होइन । नविकरणीय उर्जा, विद्युतीय गतिशीलता र शक्ति तथा जमीनको बुद्धिमत्तापूर्ण उपयोगतर्फ विश्व कसैले सोचेभन्दा पनि द्रुत गतिमा अघि लम्कदै छ । 

अनि परिवर्तनको गतिले अपेक्षालाई उछिनेको यो पहिलो पटक पनि होइन । उदाहरणको लागि सन् १९८० मा ’एटीएण्डटी’ ले आउँदा दुई दशकमा अमेरिकामा प्रयुक्त हुनसक्ने मोबाइल फोनको संख्या पुर्वानुमान गर्न ’म्याक्किन्से एन्ड कम्पनी’ लाई जिम्मा दिएको थियो । ती परामर्शदाताहरुले सन् २००० सम्म अमेरिकी मोबाइल बजारमा ९० हजार उपकरण खपत हुने अनुमान गरे । तर त्यो साल मात्रै १० करोड भन्दा ज्यादा मोबाइलको बिक्री भयो । आज यो ग्रहमा मान्छे भन्दा धेरै फोन छन् । 

सौर्य तथा वायु उर्जाका प्रक्षेपण पनि यस्तै दोषयुक्त छन् । दशकौँ सम्म ‘अन्तर्राष्ट्रिय उर्जा एजेन्सी’ तथा ‘अमेरिकी उर्जा सूचना एजेन्सी’ का विशेषज्ञहरुले यी श्रोतबाट हुनसक्ने आपूर्तिलाई कम आँकलन गरे । आफ्ना अनुमानहरुलाई हरेक वर्ष थोरै मात्र बढाउँदै वास्तविकता बुझ्दै नबुझी उनीहरुले लगातार कम आँकलन गरे । तर जसरी यो क्षेत्रमा नव प्रवर्तन आयो, सौर्य तथा वायु उर्जा उत्पादन लागतमा पनि कमी आयो जसकारण उर्जा सस्तो भयो र उपयोगमा व्यापक वृद्धि भयो । 

आज जुन गतिले उर्जा संक्रमणकालबाट गइरहेछ त्यसको न्यून आँकलन गरिनुको कारण पहिलेको पुरानो प्रविधिबाट नयाँँमा परिवर्तन हुँदाको भन्दा फरक परिमाणले पनि हो । जब दाउरा छाडेर कोइला र त्यसपछि तेल बाल्नेतर्फ मानव उन्मुख भयो, हरेक पटक यी नयाँ श्रोतहरु अत्यधिक पुँजी लगानी भएको भिमकाय योजनाहरु जस्तै कोइलाखानी, समुद्रका तेल तथा ग्यासखानी अनि प्रशोधनालयहरुबाट आउने गर्थे । यी योजनाहरु संचालनका लागि लाग्ने उच्च खर्चको भार उपभोक्तालाई बोकाइन्थ्यो । 

पहिलेको तुलनामा आज उर्जा बाजारमा उपभोक्ताहरुको धेरै नियन्त्रण छ । उदाहरणका लागि छानामा सौर्यपाता ठड्याउन कति सजिलो छ, एकै दिनमा सकिन्छ । फोटोभोल्टिक सेल, वायु घट्ट, ब्याट्री एवम् अन्य उपकरणहरु जस्ता दशौँ लाख स–साना यन्त्रहरुले आजको उर्जा संक्रमणलाई परिचालित गरिरहेका छन् । यो पद्दतिमा हरेक नयाँ साधन सस्तो छ र छिट्टै आफ्नो मूल्य बराबरको प्रतिफल दिन सक्षम पनि । तसर्थ, नविन प्रयोग कम खर्चिलो हुन्छ र प्रविधिलाई द्रुत गतिमा सुधार्न सकिन्छ । यसको फलस्वरुप आज संसारभर छरिएका अन्तर्राष्ट्रिय प्रतिद्वन्दीहरु छिटो छिटो नवप्रवर्तन गर्दै तथा व्यवसायका नयाँ नयाँ नमुना विकसित गर्दै ठुलो परिमाण सस्तो लागतमा उत्पादन र वितरण गर्न सक्षम भएका छन । 

स्वच्छ उर्जा उत्पादनका प्राविधिक पक्ष भने खानी र प्रशोधनशालाहरु भन्दा मोबाइल फोन र ल्यापटपहरुसँग मिल्छ । पूर्ण परिपक्व नभएको अहिलेकै अवस्थामा ठुलो परिमाणमा यसलाई वृहत बजारमा बेच्न सकिने हुनाले स्वच्छ उर्जातर्फको यो संक्रमण धेरै विज्ञहरुले अनुमान गरेभन्दा तेज गतिमा भइरहेको छ । 

‘हरित’ उर्जा तर्फको यो द्रुत लम्काइ मात्र पनि औद्योगिक काल पुर्वको भन्दा २ डिग्री सेल्सियस भन्दा माथि पृथ्वीको तापमान जान नदिन सक्षम छैन । त्यो लक्ष हासिल गर्न विश्वले अझै धेरै हरितगृह ग्यासहरु वायुमण्डलबाट हटाउनु पर्ने हुन्छ । 

सौभाग्यवश त्यो पनि सम्भव छ । कार्वन घटाउने उपायहरु कृषि र भुमी संरक्षणमा समाविष्ट गराएर वायुमण्डलबाट ताप उत्सर्जन हुनबाट रोक्ने ग्यासहरुलाई वन तथा जमीनमा बाँधेर राख्न सकिन्छ । यो प्रविधि पहिले देखि नै अस्तित्वमा रहे पनि यसको सफलताका लागि भने अन्य उपायका साथै शुन्य–जोताइ खेती प्रणाली, पर्माकल्चर सिद्धान्तको अवलम्बन, सीमसार क्षेत्रको उन्नत ब्यवस्थापना र चक्रिय चरन पद्दतिलाई अंगिकार गर्नु पर्ने हुन्छ । 

उर्जा तथा भूमीको प्रयोगमा उच्च सुधार ल्याउन बजारको वास्तवमा नै अहम् भूमिका हुन्छ, तर २०१७ को आँधिबेहरीको मौषमले हामीलाई जलवायुको आपत्कालीन स्थिति र यसबारे अविलम्ब र सशक्त रुपमा उठाउनुपर्ने कदमको स्मरण गराएको छ । उर्जाको अधिग्रहण तथा उपभोग र भूमीको प्रयोग विधि आदिलाई परिवर्तन गर्न निकै ठूलो प्रोत्साहन तथा नीतिगत रुपरेखाको आवश्यकता पर्छ । यसले मात्र जलवायु परिवर्तन रोक्न मार्ग प्रशस्त पार्न साक्छ । 

तर नआत्तिऔँ, हाम्रो पृथ्वी बचाउन अझै समय छ । परिवर्तनको सुरुवात भइसकेको छ अनि यो धेरै मान्छेले अनुमान गरे भन्दा छिटो भएर पनि निस्कनेछ । 

(जुल्स कर्टेनहस्र्ट ’रकी माउन्टेन इन्ष्टिच्युट’ का प्रमुख कार्यकारी अधिकृत हुन् ।) अनुवाद : एकराज पाठक, रासस 

सम्बन्धित समाचार

कोप–२३ः जलवायु परिवर्तनबाट अर्थतन्त्रमा अतिरिक्त प्रभाव

बर्न, जर्मनी ।  जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले अत्यन्त न्यून हरितगृह ग्यासको उत्सर्जन गरेतापनि नेपालले जलवायु परिवर्तनबाट सिर्जित समस्या भोग्नुपर्दा यहाँका बासिन्दा र राष्ट्रिय अर्थतन्त्रमा अतिरिक्त प्रभाव परेको बताएकी छन् ।   जर्मनीको बोनमा गत

जलवायु परिवर्तनका असर

काठमाडौँ । दक्षिण एशियाली क्षेत्रमा जलवायु परिर्वतनका असर बढी देखिएकामा चिन्ता व्यक्त गर्दै यससित जुध्न सामूहिक प्रयत्नको खाँचो औँल्याइएको छ ।  प्राकृतिक विपद् भूकम्प, बाढीपहिरो, आगलागीले यस क्षेत्रलाई नराम्ररी गाँज्दै गएको

जलवायु परिवर्तन यसो गरे रोक्न सकिन्छ

डेन्भर । संयुक्त राज्य अमेरिकामा आएका ऐतिहासिक सामुिद्रक तुफानहरु र एशियामा सर्वत्र आएका बाढीहरुपश्चात जलवायु परिवर्तनको बढ्दो चालले हामी सजिलै अत्यासमा पर्न सक्छौँ । यी प्रलयकारी पूर्व सुचनाहरु पश्चात पनि विश्वव्यापी तापमानलाई

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला  (रासस÷प्रोजेक्ट सिन्डीकेट)  । एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ