• २०८१ बैशाख ७ शुक्रबार

शेष घलेकी श्रीमती जमुना घलेद्वारा एनआरएनए अध्यक्षको उम्मेदवारी घोषणा   

kharibot

काठमाडौँ । गैरआवासिय नेपाली संघ एनआरएनएको अध्यक्षको लागि जमुना गुरुङले उम्मेद्वारी दिने घोषणा गरेकी छन् ।  काठमाडौँको र्याडिसन होटलमा पत्रकार सम्मेलन आयोजना गरेर घलेले उम्मेद्वारी घोषणा गरेकी हुन् ।

एनआरएनए अध्यक्ष शेष घलेकी श्रीमती जमुनाले काठमाडौं आएका एनआरएनका प्रतिनिधिहरुले नेतृत्वमा उठ्न बारम्बार आग्रह गरेपछि उम्मेद्वारी दिन लागेको बताएकी छन् ।

लमजुङमा जन्मिएकी घले २०४७ सालमा श्रीमानसँगै पढ्न लागि अष्ट्रेलिया गएकी थिइन् । विजनेश मार्केटिङ अध्ययनपछि उनी ब्यवसायमा सम्लग्न भएकी थिइन्।  अष्ट्रेलियाको महिला धनाढ्य सुचीमा उनी ७ औं नम्बरमा रहेकी घले अष्ट्रेलियाको एमआइटी कलेजको उनी एक्जुकेटिभ डाइरेक्टर हुन् ।  

काठमाडौंमा शनिबारबाट सुरु हुने एनआरएनए सम्मेलनमा भवन भट्ट र टीबी कार्कीले अध्यक्षको उमेद्वारी घोषणा गरिसकेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै