चीनको टोली गुल्मीमा कृषि क्षेत्रको अध्ययन लागि आउँदै

खरीबोट

गुल्मी । गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययनका लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली आउने भएको छ । 

नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासका लागि यही असोज २७ गते मुसिकोट नगरपालिका–१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनका लागि भोलि टोली आउँदै गरेको भर्माचौर नमूना एकीकृत कृषिफार्म मुसिकोट नगरपालिका–१ का सचिव दीनानाथ पौड्यालले जानकारी दिए । 

साथै, सचिव पौड्यालले भने, “उक्त दिन कृषि उत्पादनको संकलन तथा प्रदर्शन कार्यक्रम भएको हुँदा आआफ्नो गाउँघर तथा छरछिमेकमा कृषकले उत्पादन गरेका कृषिउपज तथा उत्पादित वस्तुलाई कृषि प्रदर्शनीमार्फत उत्कृष्ट कृषकलाई पुरस्कृतसमेत गरिने फार्मका सचिव पौड्यालले जानकारी दिए । 

यता नेपाली काँग्रेसका युवा नेता दामोदर भुसालले भने, “टोलीले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चीनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका लागि टोली आउने भएको हो ।” 

उक्त अध्ययनका लागि चीनका आठजना विशेषज्ञसहितको टोली आउनेसमेत नेता भुसालले जानकारी दिए । 

चीन सरकारले उपलब्ध गराएको छात्रबृत्तिमा विद्यावारिधि गर्दै गरेका युवा नेता भुसालको विशेष पहल तथा त्रिवि वनस्पति विभागको आयोजना र स्थानीय भर्माचौर नमूना एकीकृत कृषि फार्म मुसिकोट–१ को समन्वयमा चीन सरकारको मातहतमा रहेको विकास अनुसन्धान केन्द्रको उच्चस्तरीय टोली गुल्मी तथा बाग्लुङको पौदी क्षेत्रमा अनुसन्धान, परीक्षण तथा सम्भाव्यता अध्ययनका लागि आउन लागेको भुसालले जानकारी दिए । 

सम्बन्धित समाचार

गुल्मी २ बाट प्रतिनिधि सभामा एमालेका गोकर्ण विष्ट विजयी 

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा वाम गठबन्धनतर्फबाट एमालेका गोकर्णराज विष्ट १४४६१ मत अन्तरले विजयी भएका छन् । विष्टले ३४६१८ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेपाली

गुल्मीको मतगणनास्थलमा सिसी क्यामरा जडान

गुल्मी । गुल्मी जिल्लामा पहिलोपटक मतगणनास्थलमा सिसी क्यामरा जडान गरिएको छ । जिल्लाका प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रको मतगणना कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन मतगणना कक्षमा सिसी क्यामरा जडान

चर्चित निर्वाचन क्षेत्र : गुल्मीमा रेसुङ्गा विमानस्थल र कालीगण्डकी करिडोर मुख्य चुनावी मुद्दा

तम्घास, गुल्मी ।  सर्वेक्षण भएको डेढ दशकसम्म उडान शुरु नभएकोे रेसुङ्गा विमानस्थल र जिल्लाको लाइफलाइनसँग जोडिएको कालीगण्डकी करिडोर निर्माण गुल्मीका मुख्य चुनावी मुद्दा बनेको छ ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि

चर्चित निर्वाचन क्षेत्र : गुल्मीमा एमालेका दुई सचिवसँग काँग्रेसका दुई चन्द्रको प्रतिस्पर्धा

तम्घास, गुल्मी । गुल्मीका दुई निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का दुई सचिवसँग नेपाली काँग्रेसका एउटै नाम भएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।  क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ एमालेका सचिव