• २०८१ बैशाख ६ बिहीबार

महोत्तरी कांग्रेसद्वारा उम्मेदवार सिफारिस, को को परे ?

kharibot

गौशाला ।नेपाली काँग्रेसले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिश गरेको छ । 

प्रतिनिधिसभाका लागि चार र प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र रहेको महोत्तरीमा चारमध्ये तीन निर्वाचन क्षेत्रभित्र पर्ने प्रतिनिधिसभा र प्रदेशसभाको सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाइएको काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले बताए । 

क्षेत्र नम्बर १, २, र ३ क्षेत्रीय समितिले सिफारिश गरेको नामावलीलाई नै केन्द्रमा पठाउने निर्णय गरिएको छ भने क्षेत्र नं ४ को नामावली आउन बाँकी रहेको छ । क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिश गरिएको छ । काँग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, सांसद सीताराम भण्डारी, पूर्वसांसद वसन्तकुमार गुरुङ, चिरन्जीवी हमाल र मुकेशराज काफ्ले सिफारिशमा परेका छन् । त्यसैगरी, समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरिएको छ । 

त्यसैगरी, क्षेत्र नं १ को प्रदेशसभाको ‘क’ क्षेत्रका लागि प्रत्यक्षतर्फ आठ जनालाई सिफारिश गरिएको छ । ‘क’ क्षेत्रका लागि महेशकुमार झा, विष्णुदेव यादव, विनोद बराल, अशोक कोइराला, प्रह्लादकुमार क्षेत्री, मदनमोहन यादव, सुरेश यादव, कृष्णा यादव सिफारिशमा परेका छन् । त्यस्तै प्रदेशसभा ‘क’ को समानुपातिकतर्फ १८ जनाको सिफारिश गरिएको छ । 

क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ को प्रत्यक्षतर्फ रामश्रेष्ठ महतोको नाम सिफारिश भएको छ भने समानुपातिक तर्फ १६ जनाको नाम सिफारिश भएको छ । त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सांसद किरण यादव, नागेश्वर यादव तथा श्याम मण्डलको नाम सिफारिश गरी पठाइएको छ भने समानुपातिकमा सात जनाको नामावली पठाइएको छ । 

त्यसैगरी, क्षेत्र नं २ को प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फ महेन्द्र यादवसहित सात तथा समानुपातिकतर्फ १२ जनाको नाम सिफारिश गरेर केन्द्रमा पठाइएको सभापति रायले बताए । 

त्यस्तै ‘ख’ मा प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ १० जनाको नामावली पठाइएको छ । 

क्षेत्र नं ३ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ललनकुमार राय, बजरंग नेपाली र गरिबदास ठाकुरको नाम सिफारिश गरी पठाइएको छ भने समानुपातिकतर्फ रामचन्द्र तिवारी, नरेन्द्र मोहन मिश्र, कामेश्वर पाण्डे र गंगाधर चौधरीको नाम सिफारिश गरिएको छ । 

त्यसैगरी, प्रदेशसभाका लागि ‘क’ क्षेत्रमा प्रत्यक्षतर्फ ११ र समानुपातिक तर्फ १० जना तथा ‘ख’ क्षेत्रमा प्रत्यक्षतर्फ नौ तथा समानुपातिकतर्फ सात जनाको नाम सिफारिश भएको काँग्रेसले जनाएको छ । क्षेत्र नं ४ को सम्भावित उम्मेदवारको नामावली पनि केही दिनमा सिफारिस गरी पठाइने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै