• २०८१ बैशाख १३ बिहीबार

डा. बाबुराम भट्टराईले गोरखाबाट टिकट नपाउने संकेत, काठमाडौँबाट उठाउने तयारी  

kharibot

काठमाडौँ । वाम गठबन्धन बनाउन लागिरहेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई गोरखाबाट टिकट पाउन मुस्किल भएको छ । 

यसअघि डा. भट्टराईले गोरखा–२ बाट उठ्ने घोषणा गरे पनि सोहि क्षेत्रबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि उठ्ने तयारी गरेकाले डा. भट्टराईको उमेम्द्वारी अन्योलमा परेको हो । 

माओवादी केन्द्रले गोरखा–१ मा माओवादीका अर्का नेता हितराज पाण्डेलाई उम्मेदवार बनाउने तयारी गरेको छ । दुवै नेतालाई गोरखाबाट उठाउनै पर्ने बाध्यता रहेको माओवादी केन्द्रका कार्यदलका सदस्यहरुले बताएपछि डा. भट्टराईलाई काठमाडौँबाट उठ्न प्रस्ताव कार्यदल भित्रै बाट भएको बताइएको छ । यस बारेमा कार्यदलमा छलफल हुदै गरेको कार्यदलका एक सदस्यले खरीबोटलाई बताए । ‘अहिले छलफलकै क्रममा रहेकाले यहि हुन्छ भनेर भन्न सकिन्न ।‘ उनले भने ।

अहिले अनौपचारिक रुपमा डा. भट्टराईलाई काठमाडौँको क्षेत्र नम्बर ६ बाट उठाउने छलफल सुरु भएको छ । यस अघि कांग्रेसका भीमसेन दास प्रधानले जितेको सो क्षेत्रमा एमालेका योगेश भट्टराई पराजित भएका थिए । एमालेका योगेश भट्टराई ताप्लेजुंगबाट उठ्ने भएपछि डा. भट्टराईलाई सो क्षेत्रबाट उठ्न सजिलो हुने भन्दै उनलाई मनाउने प्रयास भैरहेको बताइएको छ ।’

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा नयाँ शक्ति र माओवादी केन्द्रको मत विभाजन हुँदा गोर्खाका सबै स्थानीय तहमा कांग्रेसले जितेको थियो । जसले गर्दा पनि माओवादी केन्द्रका नेता तथा कार्यकर्ता डा. बाबुराम भट्टराईलाई गोरखाको सिट छोड्न तयार देखिएका छैनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै