• २०८१ बैशाख ४ मंगलबार

एनसेल र आईफ्लिक्सबीच सहकार्य, ग्राहकलाई असिमित डेटा र आइफिल्क्समा पहुँच 

kharibot

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले यहि बुधबार विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले बिहीबार असोज २६ देखि तीन महिनासम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्नेछन् ।

तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजेदेखि बिहान ५ बजेसम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेका दिन बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म थप २ घण्टा आईफ्लिक्सको निःशुल्क मजा लिन सक्नेछन् ।

‘‘आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गर्न आईफ्लिक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौ । देशको विभिन्न १९ सहरमा फोरजी सेवा विस्तार पश्चात गरिएको यो सहकार्य डिजिटल नेपाल निर्माणको कार्यमा योगदान पुर्याउन एनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्नेछ,’’ एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने ।

एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा कर सहित मात्र रु ५० मा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ । यो प्याक अन्र्तगत ग्राहकले  आईफ्लिक्समा रहेका कन्टेन्टहरु  मध्य कुनै पनि कन्टेन्टको एक घण्टा सम्म मजा लिन सक्नेछन् र ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि लिन सक्नेछन् ।

विश्वका विभिन्न २२० भन्दा बढि स्टुडियो तथा डिस्ट्रिब्युटरसँगको साझेदारीमा आईफ्लिक्सले ग्राहकमाझ उनीहरुले रुचाएका प्रसिद्ध, समीक्षकले सह्राएका अन्तर्राष्ट्रिय तथा स्थानीय टीभी सिरियल तथा सिनेमाको बृहद संगालो उपलब्ध गराउने छ ।जस्तै हलिउडबाट टिनवुल्फ, भाइकिङ् उपलब्ध हुनेछन् र बलिउडका सिनेमा जस्तै पिकु, क्रिस थ्रि र हिरोपन्थि जस्ता सामग्रीहरु रहनेछन् ।

नेपालमा आईफ्लिक्स सेवाको शुरुवात भएको अबसरमा, थुप्रै चर्चित सिनेमा तथा टीभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुनेछन् ।

“आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामग्रीको विशाल संकलनबाट विश्वका उत्कृष्ट टीभी शो तथा सिनेमा नेपाली दर्शक तथा ग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौं । यस सेवाको लागि एनसेल, नेपालको अग्रणी मोबाइल सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं, ” आईफ्लिक्सका लागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भनिन् ।

ग्राहकले गुगल प्ले वा आइओएस एप्पल स्टोरमा गई सजिलै आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रगोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोड गर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना ५ वटासम्म डिभाइसमा जस्तै मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्स पहुँचको मजा लिन सक्छन् र एकै साथै दुई वटा डिभाइसमा विभिन्न सामाग्रीहरु हेर्न सक्नेछन् । 

एनसेल बारे

एनसेलले नेपालमा सन् २००४ देखि देशको पहिलो निजी मोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ । हामी स्थानीय अनुभूतिसहित अन्तर्राष्ट्रिय गुणस्तरको सेवा उपलब्ध गराउँछौं । हाम्रा अधिकांश कर्मचारीहरू नेपाली नै छन् र हाम्रा सेवाहरू स्थानीय समुदायको आवश्यकतालाई पूरा गर्ने गरी तयार पारिएका छन् । हामी नेपालका सबै जनतालाई आफ्नो नेटवर्क मार्फत उच्च गुणस्तरीय, आधुनिक र सुलभ सेवाको पहूँचमा ल्याउन र आफ्ना ग्राहक तथा साझेदारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न निरन्तर लागिरहेका छौं ।
 
एनसेल आजीयाटा ग्रुप बर्हादसँग आबद्ध रहेको कम्पनी हो । आजीयाटाको साथमा, एनसेलले आफ्नो उच्चस्तरीय सेवाको सञ्जाल फैलाउँदै र अति विकट ठाँउका जनताहरुलाई समेत सञ्चार सेवाको पहुँच भित्र ल्याउदै, देशको आर्थिक र पुर्वाधार विकासमा योगदान पुर्याउन प्रतिबद्घ छ ।
 
हाल कम्पनीले १ करोड ५७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
 
आईफ्लिक्स बारे

विश्वको विकासशील बजारमा आईफ्लिक्स एउटा अग्रणी मनोरञ्जन सेवा प्रदायक हो जसले प्रयोगकर्तालाई हजारौं टीभी शो, सिनेमा तथा अन्य धेरै सेवाको असीम पहुँच (अनलिमिटेड एक्सेस) प्रदान गर्दछ । सबैको प्रिय कमेडी, ड्रामा, के–ड्रामा, टर्किस ड्रामा, बलिउड, नलिउड, कार्टुन्स, सिनेमा, लाईभ खेलकूद, तथा हलिउड देखि संयुक्त अधिराज्य, एशिया, मध्यपूर्व र अफ्रिकाका लोकप्रिय कार्यक्रम डाउनलोड वा स्ट्रिम गर्ने सुविधा हरेक व्यक्तिको आफ्नो औलामा पु¥याउने काम आईफ्लिक्सले गर्दछ ।

महिनाको एकपल्ट कम मासिक शुल्कमा ग्राहकले आफूलाई मनपर्ने कार्यक्रम ल्यापटप, ट्याब्लेट, टीभी आदीमा जहाँपनि र जहिलेपनि हेर्न पाउँछन् ।

हाल आईफ्लिक्सका सेवा मलेसिया, इण्डोनेशिया, फिलिपिन्स, थाईल्याण्ड, ब्रुनई, श्रीलंका, पाकिस्तान, म्यानमार, भियतनाम, मालदिभ्स, कुवेत, बहराईन, साउदी अरेबिया, जोर्डन, इराक, लेबनन, इजिप्ट, सुडान, कम्बोडिया, नाईजेरिया, घाना तथा नेपालमा उपलब्ध छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै