कांग्रेसको भोटले जितेकी रेणुको भोट एमालेलाई

खरीबोट

चितवन ।  कांग्रेसको साथ् पाएर चितवनको भरतपुर महानगरको मेयर जित्न सफल रेणु दाहालले जिल्ला समन्वय समिति चितवनको निर्वाचनमा एमाले उम्मेदवारलाई मतदान गरेर कांग्रेस-माओवादी केन्द्रबिच को स्थानीय तहको सहकार्य भत्किएको छ ।

केन्द्रमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र अन्तत पार्टी एकीकरणको चर्चा भइरहँदा चितवनमा वाम एकतालाई बल पुग्ने गरी माओवादीका मतदाताले एमाले उम्मेदवारलाई भोट हालेका हुन् । 

जिल्ला समन्वय समिति चितवनको सभा गठनका लागि भएको निर्वाचनमा भरतपुर महानगरकी मेयर रेणु दाहालले एमाले उम्मेदवार कृष्णुमार डल्लाकोटी सहित सवैलाई भोट हालेकी छन् । 

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले एमालेका उम्मेदवारहरुलाई मतदान गरेका हुन् । 

केन्द्रमा वाम दलहरुवीच चुनावी तालमेलको विषय चर्चामा आएसँगै जिल्लामा यसको प्रत्यक्ष असर परेको छ । यसअघि भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा चुनावी तालमेल गरेका माओवादी र कांग्रेसका एकता ३ हप्ता अघि भएको भरतपुर महानगरको कार्यपालिका गठन सम्म रहेको थियो । त्यस बेला गठबन्धनको स्पष्ट बहुमत हुँदा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । जसले गर्दा ३९ सदस्यीय कार्यपालिका बोर्डमा एमाले एक्लैको २० सिट पुगेको थियो । गठबन्धन बहुमत भएर पनि कार्यपालिकामा अल्पमतमा परेको थियो ।

जिल्ला समन्वय समिती चितवनको प्रमुखमा नेकपा एमालेका कृष्ण कुमार डल्लाकोटी निर्वाचत भएका छन् । बुधबार भएको जिससको निर्वाचनमा कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी विजयी भएका हुन् । विजयी प्रमुख र उपप्रमुखलाई बुधबार नै सपथ ग्रहण गराइएको सहायक निर्वाचन अधिकृत गम्भिरकान्त घिमिरेले बताए ।  कुल १४ मतमा एमालेका डल्लाकोटीले ११ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी अधिकारीले ३ मत मात्र ल्याएका हुन् । जिससमा एमाले र कांग्रेसको मात्र उम्मेदवारी परेको थियो ।

त्यस्तै उपप्रमुखमा पनि एमाले कै मुना कुमारी श्रेष्ठ विजयी भएकी छन् । कांग्रेसकी टिका दाहाललाई पराजित गर्दै श्रेष्ठ विजयी भएकी हुन् । उनले ११ मत प्राप्त गर्दा दाहालले ३ मत प्राप्त गरेकी छन् । जिससको ९ सदस्यीय समितीमा खिलाकुमारी सिखंडा, लिलादेवी पोखरेल, सिता पुन, गुनु बि.क, कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरुङ र चुडामणी महतो छन् । 
 

सम्बन्धित समाचार

रेणु दाहालको पहिलो निर्णय : महिला र ज्येष्ठ नागरिकलाई सरकारी अस्पतालमा निःशुल्क बहिरंग सेवा

चितवन ।  भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेणु दाहालले आइतबार साँझ पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरंग टिकट शुल्क निःशुल्क गर्ने निर्णय गरेकी छन् ।  प्रमुख दाहालले जिल्लाको सरकारी

भरतपुरको मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाह विजयी  

चितवन, भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्र र कांग्रेसकी संयुक्त उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् । त्यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएकी छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको

भरतपुर महानगरमा रेणु दाहाल १५६ मतले अगाडी, मतगणना अन्तिम चरणमा  

भरतपुर महानगरपालिका वडा नम्बर २० को पछिल्लो मत परिणाम अनुसार मेयर उम्मेदवार रेणु दाहालले १५६ रनले अग्रता कायम गरेकी छन् ।  रेणु दाहालले ४२९१३ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी

भरतपुर महानगरमा रेणु दाहालको अग्रता

चितवन, भरतपुर महानगरपालिकामा लगभग एक हजार मत गणना गर्न बाँकी रहँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा ५७ मतले