फुटबल खेल्दाखेल्दै एकको मृत्यु

खरीबोट

गुलरिया, बर्दिया ।  विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । 

स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको सो प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका– ३ बगनाहा निवासी १७ वर्षीय नरेश थारु खेल्दै गर्दा बेहोस भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

मंगलबार दिउँसो खेल भइरहदा गर्मीका कारण बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

फुटबलर बिक्रम लामा अस्पतालबाट डिस्चार्ज 

काठमाडौँ  । नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामा सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन् । दाहिने गोडामा चोट लागेका लामा शल्यकृया र नियमित फिजियो थेरापी लगायतका

रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि आर्मीले जित्यो 

बारा । रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ । बाराको सिमरा रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार क्लवलाई २–० ले हराउँदै आर्मीले उपाधी जितेको हो । आर्मीका लागि दिनेश

रुस्लान सिमरा गोल्डकप : त्रिभूवन आर्मी र थ्री–स्टार सिमरा गोल्डकपको उपाधीका लागि भिड्ने

बारा । त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ ।  विहिवार भएको दोश्रो सेमी फाइनलमा वीरगञ्ज यूनाईटेड क्लबलाई ३–० गोल अन्तरले स्तव्ध पार्दै त्रिभूवन

४–२ ले मोरंगलाई हराउँदै रुस्लान थ्री–स्टार फाईनलमा 

बारा । मोरङ फुटबल क्लब विराटनगरमाथी ४–२ को जित निकाल्दै रुस्लान थ्रिस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनल प्रवेश गरेको छ ।  थ्रिस्टारको जितमा सुनील बलले २