• २०८१ बैशाख १२ बुधबार

नेप्से सम्हालिदै, आज ३२ करोड २३ लाखको सेयर किनबेच 

kharibot

काठमाडौ ।  नेप्सेमा आज पनि सुधार देखिएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज भने तीन दसमलव ३६ अंकले बढेर १५ सय पाँच दसमलव ९९ बिन्दुमा चढेको छ । सेन्सिटिभ पनि शुन्य दसमलव ८५ अंकले बढेर तीन सय १६ दसमलव ५० बिन्दुमा चढेको छ ।

आज कुल एक सय ६३ कम्पनीहरुको तीन हजार सात सय ९४ वटा कारोवारमा सात लाख ५४ हजार ५३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३२ करोड २३ लाख १० हजार पाँच सय ५३ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज सबैगरी कुुल नौ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको कारोवार सुचकमा सामान्य अंकले गिरावट आएको छ भने बाँकी समुहको सुचकहरु बढेकाछन । सबैभन्दा उच्च अंकले बढेको बीमा समुहको सुचक ६० दसमलव शुन्य आठ अंकले बढेर आठ हजार दुई सय ६९ दसमलव पाँच बिन्दुमा चढेकोमा चार करोड ७७ लाख नौ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि १७ दसमलव ६३ अंंकले बढेर १८ सय दसमलव ३५ बिन्दुमा चढेकोमा चार करोड ११ लाख १७ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक बिकास बैक, टे«डिङ, होटल र अन्य समुहको सुचक पनि बढेकाछन । बाँणिज्य बैक समुहको सुचक भने शुन्य दसमलव छ अंकले घटेर १२ सय ९३ दसमलव ७७ अंंकमा बिन्दुमा झरेकोमा ११ करोड ६१ लाख ९८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

फाईनान्स समुहको सुचक पनि शुन्य दसमलव १४ अंकले घटेर सात सय ७५ दसमलव आठ बिन्दुमा झरेकोमा एक करोड सात ५६ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ भने उत्पादनमुलक समुहको सुचक सामान्य अंकले घटेको छ । 

आज सबैभन्दा बढी कमाउने कम्पनीको सुचीमा परेको सिर्जना फाईनान्स बित्तीय संस्थाको सेयर मुल्य सात रुपैयाँ ८५ पैसाले बढेर पाँच सय ७७ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने  नेपाल कम्युनिटी डेभलपमेन्ट बैकको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ८८ पैसाले घटेर एक सय ७६ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको चिलिमे हाईड्रो पावर कम्पनीको आठ सय ४८ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड १० लाख ९८ हजार पाँच सय ८९ रुपैयाँको कारोवार भएको छ । यसैगरी नागवेली लघुबित्त बिकास बैकको संस्थापक सेयरतर्फ पनि आज १८ सय ६५ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ७९ लाख ४१ हजार तीन सय रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै