• २०८१ बैशाख ७ शुक्रबार

स्मार्टफोन प्रयोगले हाम्रो हत्केलाको संरचना नै परिवर्तन हुने !

kharibot

तस्बिर : Broadbandchoices/एक्सप्रेस को युके

लन्डन / स्मार्टफोन धेरै प्रयोग गर्नुहुन्छ ? यस्तो भविष्यवाणी गरिएको छ कि स्मार्टफोनको प्रयोगले हाम्रो हत्केलाको संरचना बदलिने र औँलाहरु पनि स्मार्टफोनमैत्री हुनसक्नेछ । यसबारे हत्केलाको परिवर्तित संरचनाको सम्भावित तस्बिर सार्वजनिक समेत गरिएको छ ।

१ हजार जना बेलायती युवामाझ गरिएको सर्वेक्षणको हवालामा स्मार्टफोन प्रयोगका बेला विभिन्न शारीरिक समस्या समेत देखिएको उल्लेख गरिएको छ । मोबाइल फोन कम्प्यारिजन टिमले ब्रोडब्याण्ड च्वाइसेस डट सीओ डट यूकेमा उक्त रिसर्च गरेका हुन् । हात दुख्ने, घाँटी दुख्ने जस्ता समस्या स्मार्टफोन प्रयोगबाट हुने गरेको दाबी समेत गरिएको छ ।

धेरैजसोले जनाएअनुसार फेसबुक र स्न्यापच्याट चेक गर्ने क्रममा उक्त समस्या आएको प्रतिक्रिया दिएका थिए । तर इभोल्युसनरी बायोलजिष्ट प्रिशिता महेश्वरीले भने शारीरिक परिवर्तन हुने भए पनि यसले धेरै पुस्ता पार गर्ने बताउँछिन् । उनका अनुसार त्यतिबेलासम्म मोबाइलकै अस्तित्व नहुनसक्नेछ ।

बताइएअनुसार औँला लामा लामा हुनेजस्ता शारीरिक बनावटमा हुने परिवर्तनले मानिसको कार्यहरुमा समेत प्रभाव पार्नसक्नेछ । जतिखेर पनि स्मार्टफोनमा झुण्डिने मानिसको स्वभाव विस्तारै बढ्दै गएको छ ।

मानिसहरु फुर्सद मिल्नासाथ स्मार्टफोन स्क्रोल गर्न थालिहाल्छन् । यसले हाम्रो शरीरमा नकारात्मक असर पार्ने दाबी गरिएको छ ।

एजेन्सीको सहयोगमा ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै